१६ बैशाख २०८१, आईतवार

फिनल्याण्ड राजदूतकाे टाेली सुझाव संकलन गर्दै

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
फिनल्याण्ड राजदूतकाे टाेली सुझाव संकलन गर्दै
0 Shares

सुर्खेत ।

फिनल्याण्डका राजदूत रिना रिक्का हिक्कालगायतको टोलीले सुर्खेतमा संचालन गरिएका विभिन्न कार्यक्रमहरुको अवस्था तथा प्रगति र आगामी दिनमा गर्ने योजनाहरुवारे सुझाव संकलन गरेको छ ।


विहीवार सुर्खेतमा दलित महिला संघ, युएन वुमन र जुरी नेपालद्वारा संचालित सिफारिस समितिलगायत अन्य कार्यक्रमवारे सरोकारवालाहरुसँग सुझाव लिएको छ । सो क्रममा सुर्खेतमा संचालन गरिएको पीडितहरुलाई सहयोग गरिने सिफारिस समितिको कामवारे जानकारी गराइएको थियो । पीडितलाई दिइने सहयोग प्राप्तिको प ्रक्रिया झण्झटिलो भएकोले छिटो र सहज बनाइनुपर्ने, सहयोग रकममा बृद्धि गरिनुपर्ने, सहयोगपछि विभिन्न आयआर्जनका कार्यक्रमहरु संचालन गर्नुपर्ने, अग्रपंक्तिमा खटिने अधिकारकर्मीहरुको जीवन सुरक्षा हुनुपर्ने, अस्पतालमा संचालित एकद्वार प्रणालीको सहयोग प्रभावकारी भएकोजस्तो विषयमा राजदूतको टोलीलाई जानकारी गराइएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग सुर्खेतका अधिकृत मानबहादुर कार्की, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, नेपाल प्रहरीको महिला सेल प्रमुख संगीता रसाईली, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, अधिवक्ता गीता कोइराला, आवाजका बरिष्ठ मनोपरामर्शकर्ता निशा पौडेल, नवज्योति केन्द्रका निरीक्षक जरमाया बाठा, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष दिनेश खत्रीलगायतले कार्यक्रमवारे सुझाव दिएको थियो ।


टोलीमा फिनल्याण्डका राजदूत हिक्कासहित युएन वुमनका नेपाल प्रतिनिधि पट्रिसिया फर्नाण्डेज पचेको, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता बास्तोला, दलित महिला संघका केन्द्रीय महासचिव रेणु सिंजापति,युएन वुमनका रचना भट्टराई, पल्मु शेपालगायत रहनुभएको छ । टोलीले सिफारिस समितिले गरेको कामको प्रभावकारितावारे आफूहरु प्रभावित भएको जनाएको थियो । कार्यक्रमको सहजीकरण दलित महिला संघ केन्द्रीय समितिका कार्यक्रम संयोजक सुरेश विकले गर्नुभएको थियो । त्यसअघि सो टोलीले सुर्खेतमा रहेका बालबालिका तथा जनप्रतिनिधिहरुसँग पनि विभिन्न रायसुझाव संकलन गरेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap