१५ बैशाख २०८१, शनिबार

दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग

अर्थ कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले अति विपन्न दलित महिलाहरुलाई उद्यमी गराउन वीउ पुँजी सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका समूहबाट अति विपन्न छनोट गरी ४२ हजार रुपियाँका दरले साे सहयोग गरेको हो ।

संस्थाले दलित महिला तथा किशोरीहरुको मानवअधिकार प्रवद्र्धन परियोजनाबाट गठन गरेका समूहबाट छनोट गरिएका सदस्यहरुलाई सो रकम दिइएको छ । रकम पाउने सदस्यले ६ महिनापछि अर्को सदस्यलाई सो रकम हस्तान्तरण गर्नुपर्नेछ । उनीहरुलाई तीन दिन व्यवसाय उद्यम तालिम पनि प्रदान गरेर अहिले नगद दिइएको परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो ।
रकम लिएको १० दिनभित्र व्यवसायमा प्रयोग गरिसक्नुपर्नेछ । यदि प्रयोग गरेको नपाइएमा उक्त रकम संस्थाले फिर्ता ल्याउने उहाँले जनाउनुभयो । वीरेन्द्रनगरमा पछाडि गठन गरिएका नयाँ पाँच वटा समूहलाई सो रकम दिइएको हो । यसपछि भेरीगंगा नगरपालिकामा गठन गरिएका समूहका विपन्न दलित महिलालाई पनि सो रकम प्रदान गरिनेछ ।
यसअघि पहिलो वर्ष बीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा १०÷१० वटा समूह गठन गरी वीऊ पुँजी रकम प्रदान गरिसकिएको थियो । त्यसबेला २० हजारदेखि ४० हजारसम्म प्रदान गरिएको परियोजना संयोजक वलीले बताउनुभयो । यसपटक रकम बढेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले प्राप्त सहयोगलाई सदुपयोग गरी उद्यमी बन्न सुझाव दिनुभयो । उहाँले रकम दुरुपयोग नगर्न भन्दै बेला बेलामा लगानीको अनुगमन गर्न पनि संघसंस्थालाई आग्रह गर्नुभयो । रकम प्राप्त गरेका दिलु कामी, जानकी विकलगायतले आफूहरुले व्यवसाय गरिरहेको र त्यसमा थप गर्ने योजना रहेको सुनाउनुभयो । साथै उहाँहरुले वीऊ पुँजी रकम दुरुपयोग नगर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सो अवसरमा वडा नं. ६ का वडा सदस्य कमला नेपाली, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पनि रकमको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap