१५ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनको असर पुरुषभन्दा महिलालाई १४ गुणा बढी

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
जलवायु परिवर्तनको असर पुरुषभन्दा महिलालाई १४ गुणा बढी
0 Shares

सुर्खेत ।
जलवायु परिवर्तनले पुरुषको तुलनामा महिलालाई हरेक काममा १४ गुणा बढी असर गरेको जनाइएको छ । युएसएआईडीको जल जंगल परियोजनाले मंगलवार सुर्खेतमा आयोजना गरेको प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरुको सहभागिता विषयक कार्यक्रममा जलवायु परिवर्तन, विपदलगायतले पुरुषको तुलनामा महिलालाई १४ गुणा बढी असर गर्ने गरेको जनाइएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै शारदा शेर्पाले जलवायु परिवर्तनको असरले पुरुषको तुलनामा महिलालाई १४ गुणा बढी जोखिम रहने गरेको पाइएको बताउनुभयो । उहाँले महिलामाथि लगानी गर्न कन्जुस्याई भएको भन्दै महिलामाथि लगानी भए मात्र सभ्य र समतामूलक समाज निर्माण हुने जनाउनुभयो । महिला तथा पुरुष छुट्टाछुट्टै हिंडे समतामूलक समाज बन्न नसक्ने भएकोले त्यसका लागि सँगसँगै हिँड्नुपर्ने सुझाव उहाँको छ ।
एक तथ्यांक अनुसार ५५ प्रतिशत महिला रोजगारमा आवद्ध भएको पाइएको छ । अझैपनि ४५ प्रतिशत महिला रोजगारबाट बञ्चित छन् । जबकि पुरक्ष ७८ प्रतिशत रोजगारमा संलग्न छन् । अव हरेक क्षेत्र समावेशीकरण हुनुपर्ने भन्दै युएसएआईडीको जल जमीन परियोजनाले संघमा वन मन्त्रालय , प्रदेशमा उद्योग तथा वन वन मन्त्रालय र स्थानीय तहमा गाउँपालिका तथा नगरपालिकामार्फत सामुदायिक वन उपभोक्तासमूह लगायतसँम समन्वय गरेर समावेशीकरणको काम गर्ने जानकारी दिनुभयो ।
युएसएआईडी जल जंगल परियोजनाका बरिष्ठ अधिकृत विनोदकुमार शाहीले वातावरणीय अपराध नियन्त्रण, प्राकृतिक स्रोतको सुरक्षा, परिस्थितिजन्य प्रणालीको स्वास्थ्य सुरक्षा र जलवायु उत्थानशीलतामा अभिवृद्धिमा सहयोग गर्न कार्यक्रम लागू भएको बताउनुभयो । कर्णाली संरक्षण भू परिधि, पवित्र कैलाश भू परिधि, तराई भू परिधि र चितवन अन्नपूर्ण भूपरिधिका करिव ५५ प्रतिशत भू भागमा काम गर्ने परियोजनाको अवधि पाँच वर्षको रहेको छ । यो अवधिमा परियोजनाको बजेट ३ करोड २९ लाख ३१ हजार ३६७ अमेरिकी डलर रहेको छ । परियोजनाको दुई बर्षे अवधि पूरा भएको छभने अव तीन वर्ष बाँकी छ ।
परियोजनाका टिम लिडर भूपेन्द्र शाहीले प्राकृतिक स्रोतमा महिला र सीमान्तकृत समुदायको सहभागिता र सवालका विषयहरुलाई परियोजनाले समेट्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग पर्यटन वन मन्त्रालयका रेणुका न्यौपाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निर्मला रेग्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले हरेक क्षेत्रमा महिला, दलित, यौनिक तथा अल्पसंख्यक समुदाय, अपांगता भएकाहरुको सहभागितालाई प्राथमिकता दिनुपर्ने निष्कर्ष आएको युएसआईडीका निर्मल नेपालीले बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap