१७ बैशाख २०८१, सोमबार

झण्डै ६ सय भूकम्प प्रभावित परिवारलाई आईएनएफको न्यानो कपडा

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
झण्डै ६ सय भूकम्प प्रभावित परिवारलाई आईएनएफको न्यानो कपडा
0 Shares

सुर्खेत ।

इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) सुर्खेतले जाजरकोट भूकम्पपीडितका लागि दोस्रो चरण अन्तर्गत झण्डै ६ सय परिवारलाई चिसोका लागि न्यानो कपडा वितरण गरेको छ । पहिलो चरणको कपडा वितरण सकिएपछि आईएनएफले दोस्रो चरणमा जिल्लाकोको अन्य प्रभावित क्षेत्रमा वितरण गरेको हो ।


नलगाड नगरपालिका—१ कल्पतमा ३०४, बारेकोट गाउँपालिकाको सिलिङ चौरमा २८५ परिवारलाई गरी कूल ५८९ परिवारलाई चिसोमा न्यानो कपडा वितरण गरिएको साइनिङ अस्पताल आईएनएफ सुर्खेतका टिमलिडर ताराबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक तीन जनाकोसम्मको परिवारलाई एक सेटक र चार जनाभन्दा माथिको परिवार संख्यालाई दुई सेटका दरले न्यानो कपडा वितरण गरिएको छ ।
न्यानो कपडा सेटमा चार केजीको फाइबर सिरक, आठ केजीको डसना, फाइबर सिरानी, तन्ना, खोलहरु तथा ऊनको टोपी रहेको छ । यस्तो सो क्रममा ३२ जना अपांगता भएका व्यक्तिहरुलाई पनि सहायत सामग्री वितरण गरिएको छ । सिविएम नेपालको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई बैशाखी, लठ्ठी, वाकर, सेतोछडी वितरण गरिएको थियो । सिविएम नेपालका अनुगमन तथा दस्ताबेजीकरण अधिृकत पंकज देवकोटासहितको टोलीले उक्त सामग्री वितरण गरेको हो ।


साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका निमित्त कार्यक्रम संयोजक ललितबहादुर सारुलगायतको व्यवस्थापकीय टोलीले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सहयोगका कार्यक्रमहरु संचालन भइरहेका छन् । पहिलो चरणमा ८३६ परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।

नलगाड नगरपालिकाको वडा नं. ५ र रुकुम पश्चिमको आठविसकोट नगरपालिका—१२ मा गरी ८३६ प्रभावित परिवारलाई न्यानो कपडा वितरण गरिएको थियोभने अपांगता भएका व्यक्तिहरुलाई पनि सहायता सामग्री र मनोपरामर्श सेवा प्रदान गरिएको साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका निमित्त कार्यक्रम संयोजक सारुले जानकारी दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap