१६ बैशाख २०८१, आईतवार

५२ जना हिंसापीडित महिलालाई नवज्याेति केन्द्रकाे सहयोग

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
५२ जना हिंसापीडित महिलालाई नवज्याेति केन्द्रकाे सहयोग
0 Shares

सुर्खेत ।

नवज्योति केन्द्र सुर्खेतले घर परिवारलगायतको हिंसामा परेका सुर्खेतका ५२ जना हिंसापीडित महिलालाई आयआर्जनलगायतको सेवा प्रदान गरेको छ । नेपाल नाजरेत सोसाइटी एवं नवज्योति केन्द्र सुर्खेतले संचालन गरेको महिला, बालबालिका तथा युवा सशक्तिकरण परियोजनाको बार्षिक समीक्षा कार्यक्रममा एक वर्षको अवधिमा ५२ जना हिंसापीडित महिलालाई सहयोग गरिएको जनाएको छ ।


एक वर्षमा ३० जना हिंसापीडित महिलालाई सहयोग गर्ने लक्ष्य भएपनि त्यो भन्दा बढी ५२ जनालाई सहयोग गरिएको नवज्योति केन्द्रका जरमाया बाँठाले बताउनुभयो । ती ५२ जना हिंसापीडितका १०४ वटा मुद्धामा सहयोग गरिएको छ । यस्तै ७१० जना प्रकोप प्रभावित तथा अभिभावकबिहीन बालबालिकालाई शैक्षिक सहयोग, कक्षा ११ र १२ का ११२ जना विद्यार्थीहरुलाई शैक्षिक शुल्क सहयोग गरेको जानकारी उहाँले दिनुभयो । त्यसैगरी २० हजारका दरले अति विपन्न, गरीव र हिंसा प्रभावित १५ जना महिलालाई आयआर्जनका लागि सहयोग गरिएको छ ।
सो परियोजनाबाट महिला सशक्तिकरण आयआर्जन, लैंगिक हिंसाविरुद्ध वकालत, पशुपालन तालिम, तरकारी खेती तालिम, हिंसा प्रभावित महिलालाई कानुनी सहयोग, हिंसा प्रभावितलाई आयआर्जन, पोषण तथा विपन्न औषधि सहयोगलगायतका विभिन्न गतिविधिहरु संचालन गरिएको बाँठाले बताउनुभयो ।
नवज्योति केन्द्रका कार्यकारी निर्देशक सिस्टर रोसिटाले महिला, बालबालिका तथा युवाहरुको सशक्तिकरण, आयआर्जनका पक्षमा संस्था क्रियाशील रहेको जानकारी दिनुभयो । अझैपनि धेरै महिलाहरु हिंसाबाट पीडित भएको, बालबालिकाहरुले सहयोग पाउन नसकेकोजस्ता समस्याहरु रहेको हुँदा संस्थाले आफ्नो सीमित साधन र स्रोतबाट सहयोग गरिरहेको उहाँको भनाइ छ । सेवाग्राहीको चाप बढ्नु, सीमित साधन र स्रोत, सुरक्षित गृहको अभाव, बजारीकरणको समस्या, बढ्दो सामाजिक विकृति चुनौतीको रुपमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, वडा नं. ९ का वडाअध्यक्ष ऋषि गिरी, सामाजिक विकास मन्त्रालयका बलवीर सुनार, बरिष्ठ अधिवक्ता धु्रवकुमार श्रेष्ठ, मानवअधिकार रक्षक संजालका प्रदेश अध्यक्ष पीताम्बर ढकाल, इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता गीता कोइरालालगायतले हिंसापीडित महिलासहित बालबालिका तथा विपन्नहरुको क्षेत्रमा नवज्योति केन्द्रले पु¥याएको सहयोगको सह्राना गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap