१६ बैशाख २०८१, आईतवार

गणेशजलका १० कर्मचारी पुरस्कृत

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
गणेशजलका १० कर्मचारी पुरस्कृत
0 Shares

सुर्खेत ।

गणेशजल बहुउद्धेश्यीय सहकारी संस्था लि. सुर्खेतले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएका १० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । संस्थाले १२ औं बार्षिक साधारण सभाको अवसर पारेर शनिवारबार उहाँहरुलाई नगद पुरस्कार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।


पुरस्कृत हुने कर्मचारीहरुमा खजुरा सेवा केन्द्र अन्तर्गत सहायक अधिकृत रमेशकुमार विसी, सहायक तारा थापा, फिल्ड सहायक शेरबहादुर चुनारा, फिल्ड सहायक भिमिसरा विसी र फिल्ड सहायक टिका अधिकारी हुनुहुन्छ । यस्तै मुख्य कार्यालय अन्तर्गत प्रमुख अधिकृत रंगाबहादुर सिंह, कनिष्ठ सहायक सीता मल्ल, फिल्ड सहायक झुपमाया गुर्ताल, मानबहादुर नेपाली र चन्द्र बहादुर गुरुङ्ग पनि पुरस्कृत हुनुभएको छ ।
सहकारीले अनुशासित र इमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छभने संस्थाको १२ औ बार्षिक साधारणसभाबाट सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाका अध्यक्ष प्रेम विसीले संचारमाध्यममा वर्षेनी सहकारी क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गरिने जानकारी दिनुभयो । सो पुरस्कार आगामी वर्षदेखि प्रदान गरिनेछ ।
संस्थाका अध्यक्ष प्रेम विसीको अध्यक्षतामा एवं जिल्ला समन्वय समिति सुर्खेतका सदस्य चन्द्रा धामीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा वीरेन्द्रनगर १ देखि १६ सम्मका वडा अध्यक्ष तथा प्रतिनिधिहरु, वीरेन्द्रनगर सहकारी शाखा प्रमुख दिपेन सुवेदी, जिल्ला सहकारी संघ सुर्खेतका ढाकाराम न्यौपाने, जिल्ला, बहुउदेश्यीय संघका कोषाध्यक्ष शान्ति सिंह, जिल्ला कृषि संघका उपाध्यक्ष सन्तबहादुर केसी, राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख हिरालाल सुनार, इगरब्रिजका सञ्चालक हेमप्रकाश भुसाललगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap