१७ बैशाख २०८१, सोमबार

दलितका मुद्धालाई प्राथमिकता दिन आग्रह

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
दलितका मुद्धालाई प्राथमिकता दिन आग्रह
0 Shares
सुर्खेत ।
संचारमाध्यमहरुले समाजमा पछाडि पारिएका दलित र दलित महिलाका मुद्धालाई साझा बनाएर प्राथमिकता मा राख्न आग्रह गरिएको छ । सदियाँैदेखि पछाडि पारिएको दलित समुदाय र त्यसमा पनि दलित महिलाका सवाल र मुद्धालाई साझा बनाइ प्राथमिकतामा पार्नुपर्ने दलित महिलाले आग्रह गरेका छन् ।
दलित महिला संघ कर्णाली प्रदेशले कालीकोटमा प्लान नेपालको सहयोगमा संचालन गरेको हाम्रो आवाज हाम्रो रोजाई कार्यक्रम को वारेमा पत्रकारहवीच समन्वयात्मक बैठकमा सो आग्रह गरिएको हो । दलित महिला संघ कर्णाली प्रदेश अध्यक्ष मन्जु सुनारले संचारमाध्यमहरु दलितका मुद्धा र सवाललाई दलितको मात्रै नबनाइ सवैको साझा बनाइ प्राथमिकता दिन आग्रह गर्नुभयो । संचारमाध्यममा दलितहरुले भोगेको भेदभाव, पीडा र समस्यालाई मात्रै उजागर गर्ने गरिएकोमा अवका दिनमा सफलता र सशक्तिकरणका पक्षमा पनि सार्वजनिक गर्न उहाँले माग
गर्नुभयो ।
दलित र दलित महिलालाई मूलधारमा ल्याउन यो कार्यक्रम लागू गरिएको भन्दै सवै पक्षले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । दलित महिला संघ कालीकोटका फिल्ड सुपरभाइजर निदरा सुनारले कालीकोटका चार वटा गाउँपालिकामा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो । उहाँले खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकामा कार्यक्रम लागू गरिएको बताउनुभयो । दलित तथा दलित महिलालाई सशक्तिकरण गरी न्यायमा पहुँच बढाउन सो कार्यक्रमले सहयोग गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा पत्रकार महासंघका कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष ललित बसेललगायतले संचारमाध्यममा दलित र दलित महिलाका सवालहरुको वारेमा प्रकाश पार्दै आगामी दिनमा गर्न सकिने साझा विषयमा भनाइ राख्नुभएको थियो । सो अवसरमा दलित महिला संघका सचिव खगिसरा वली, संघको हाम्रो सहकार्य परियोजना संयोजक मिना विश्वकर्मालगायतको उपस्थिति थियो ।
त्यसअघि दलित महिला संघले पीडित सहायता केन्द्रवारे छलफल कार्यक्रम गरेको छ । संघका परियोजना संयोजक मिना विश्वकर्माले हिंसा प्रभावितलाई सहायता प्रदान गर्ने उद्धेश्यले पीडित सहासयक केन्द्र संचालन गरिएको र त्यसबाट सहयोग गरिने जानकारी दिनुभयो । कार्यक्रममा बास्तविक पीडितलाई सहयोग दिइनुपर्ने, पीडितलाई झन्झट विना सहयोग गर्नुपर्ने सुझाव दिइएको थियो । साथै अधिकारकर्मी दुर्गा थापा, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मानबहादुर कार्की र अधिवक्ता गीता कोइराला र दलित महिला संघका प्रतिनिधिसम्मिलितको कार्यदल गठन गरी सोही कार्यदलले सहायता सिफारिस गर्ने जनाइएको छ । कार्यक्रममा दलित महिला संघका सचिव खगिसरा वली, इन्सेकका दुर्गा थापा, अधिवक्ता गीता कोइराला, राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष विष्णु शर्मालगायतले सुझाव दिनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap