१७ बैशाख २०८१, सोमबार

अपांगता भएका व्यक्तिहरुका लागि प्रजनन् स्वास्थ्य शिविर

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
अपांगता भएका व्यक्तिहरुका लागि प्रजनन् स्वास्थ्य शिविर
0 Shares

सुर्खेत ।
नगर अस्पताल वीरेन्द्रनगरमा अपांगता भएका व्यक्तिहरुका लागि प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएको छ । कोरग्रुपको आर्थिक सहयोगमा कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएसपार्क) मुगुले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश अस्पताल, वीरेन्द्रनगर नगरपालिका, नगर अस्पताल र राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको समन्वयमा सो स्वास्थ्य शिविर संचालन गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ देखि १६ सम्मका अपांगता भएका, सुस्त मनस्थिति, कान नसुन्ने व्यक्तिका साथै घाँटीको समस्या, हातखुट्टाको समस्या र पाठेघरको समस्या भएकाहरुले सो शिविरबाट सेवा लिएको केन्द्रका कार्यक्रम संयोजक अनिसा श्रेष्ठले बताउनुभयो । उहाँले लक्षित समूह बाहेक अन्य ज्येष्ठ नागरिकहरुको पनि स्वास्थ्य चेकजाँच गरिएको जनाउनुभयो । अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच पछि आवश्यकताका आधारमा उनीहरुलाई सहायक सामग्रीका लागि नापजाँचसमेत गरिएको जानकारी कार्यक्रम संयोजक श्रेष्ठ दिनुभयो । उहाँका अनुसार शिविरबाट २३१ जनाले सेवा लिएका छन् ।
शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुति रोग र कान कान घाँटीसम्वन्धी सेवा र परामर्श प्रदान गरिएको थियो । शिविरमा प्रमुख प्रसुति रोग विशेषज्ञ डा. केशर ढकाल, बरिष्ठ कन्सल्टेन्ट डा. शुभ श्रेष्ठ, नाक कान घाँटीका डा. सन्तोष बस्नेत, स्वास्थ्य सेवा निर्देशनालयका लक्ष्मीप्रसाद भट्टराई, पदम केसी, जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतम, नगर अस्पतालका डा. कमल धिताल तथा नगर स्वास्थ्य शाखाको टोली सहभागी भएको जनस्वास्थ्य सेवा कार्यालयका दयाराम पंगालीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap