१६ बैशाख २०८१, आईतवार

वृहत अपांगता स्वास्थ्य उपचारका लागि दक्ष जनशक्ति तयार पारिदैँ

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
वृहत अपांगता स्वास्थ्य उपचारका लागि दक्ष जनशक्ति तयार पारिदैँ
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशका चार जिल्लामा बृहत अपांगता स्वास्थ्य समस्या देखिएका नागरिकको सहज उपचारका लागि दक्ष जनशक्ति तयार पार्न लागिएको छ । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा बृहत अपांता स्वास्थ्य कार्यक्रममार्फत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वय तथा जनस्वास्थ्य सेवा कार्यालयको सहजीकरणमा सो जनशिक्त तयार पार्न लागेको हो ।


वृहत अपांगता स्वास्थ्य कार्यक्रम संयोजक अनिसा श्रेष्ठले अहिले यो कार्यक्रम मुगुसहित सुर्खेत र काठमाडौंमा लागू गरिएको बताउनुभयो । महिलालाई प्रजनन् स्वास्थ्य सेवाका वारेमा जानकारी दिने, सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको व्यहार, ज्ञान र सीपका साथ अपांगता तथा पहुँचमैत्री स्वास्थय संरचना निर्माणलाई यो कार्यक्रमले प्राथमिकता दिएको उहाँले जनाउनुभयो । जसअनुसार सुर्खेतको नगर अस्पताल र वीरेन्द्रनगर—१ को धारापानी आधारभूत स्वास्थ्य संस्थालाई नमूना स्वरुप अपांगता तथा पहुँचमैत्री संरचना निर्माण गर्न थालिएको छ । यस्तै मुगु अस्पताल र मुगुकै छायाँनाथ रारा नगरपालिका—१२ को ढुंगेधारा स्वास्थ्य चौकीलाई पनि पहुँचमैत्री बनाउन लागिएको छ ।
बृहत अपांगताका कारण स्वास्थ्य संस्थामा आउँदा दिइने सेवा, सीप र गर्ने व्यवहार सिकाएर उनीहरुलाई आ—आफ्नो कार्यक्षेत्रमा वृहत अपांगता स्वास्थ्य उपचार गर्न सहज होस् भनेर प्रशिक्षण दिइएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । प्रशिक्षणपछि उनीहरुले आफ्नो क्षेत्र गएर दक्ष सेवा प्रदान गर्ने विश्वास गरिएको छ । यस्तै संस्थाले केही दिनमै महिला प्रजनन् स्वास्थ्य शिविर गर्दैछभने अपांगता भएका व्यक्तिहरुका लागि एप्स र बेवसाइट पनि ल्याउने तयारी गरेको छ ।
त्यसका लागि तीन दिने अपांगता व्यवस्थापन तथा संवेदनशीलता तालिम संचालन गरिएको छ । तालिममा सुर्खेत, मुगु, जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्यकर्मीहरुको सहभागिता छ । पहिलो दिनको तालिममा अपांगतामैत्री संरचना, स्वास्थ्य सेवा प्रदायकहरुको भूमिका, स्वास्थ्य नीतिमा अपांगता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपांगता नीतिहरुको वारेमा प्रशिक्षण दिइएको छ ।
यस्तै मंगलवारको दोस्रो दिनको तालिममा स्वास्थ्य र अपांगताको वर्गीकरण, जन्मजात ओठ फाटेका, ढाडमा फोका, पैताला मोडिएको, जन्मजात पाखुरा नचल्ने, जन्मजात हात खुट्टा नचल्ने, बाल मष्तिस्क पक्षघात, घाँटी बांगिनुजस्ता समस्याको वारेमा सहजीकरण गरिएको छभने आज बुधवार अन्तिम दिनमा टाउको ठूला, अटिज्म, पोलाइबाट हुने संकुचन, प्रेषण संयन्त्र र तथ्यांक संकलन तथा रिपोर्टिङको वारेमा सहजीकरण गरिनेछ ।
केन्द्रका कार्यकारी निर्देशक अजबहादुर शाहीले कर्णालीमा पहिलो पटक बृहत अपांगता स्वास्थय उपचारका लागि दक्ष जनशक्ति तयार पारिएको दावी गर्नुभयो । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन दयाराम पंगालीले यो तालिमले स्वास्थ्य संस्थाको फिजियोथेरापी विभागलाई सक्षम बनाउने बताउनुभयो । उहाँले तालिमपछि सेवाग्राहीहरु उपचारका लागि नियमित आउने र सेवा प्रदायक संस्थाले पनि सोही अनुसारको व्यवहार र उपचार गर्न सफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रम कर्णालीका सवै जिल्लामा विस्तार गरी बृहत अपांगताको समस्या भोगेका नागरिकलाई सफल उपचारको सेवा प्रदान गर्नुपर्नेछ । तालिममा २३ जनाको सहभागिता छ ।
तीन दिनसम्मको तालिममा संस्थाका कार्यकारी निर्देशक अजबहादुर शाही, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदी, प्रदेश अस्पतालका फिजियोथेरापिष्ट डा. उमा शंकर, क्षमता अभिवृद्धि अधिकृत डा. जीतेन्द्रकुमार सिंह, रुकुम पश्चिम अस्पतालका फिजियोथेरापिष्ट डा. अस्मिता श्रेष्ठ, प्रदेश अस्पतालका नर्सिङ प्रमुख सकुन्तला सापकोटासहित राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्मा, प्रदेश व्यवस्थापक आनन्दबहादुर विष्टले विभिन्न विषय र सवालका क्षेत्रमा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap