१९ बैशाख २०८१, बुधबार

अपांगता भएका व्यक्तिहरुका लागि व्हिलचियर शिविर

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
अपांगता भएका व्यक्तिहरुका लागि व्हिलचियर शिविर
0 Shares

सुर्खेत ।

सुर्खेत र दैलेखका अपांगता भएका व्यक्तिहरुका लागि सुर्खेतमा दुई दिने व्हिलचियर शिविर संचालन गरिएको छ । आईएनएफ नेपाल साइनिङ अस्पतालले आइतवारदेखि सो शिविर संचालन गरेको हो ।


शिविरमा सुर्खेतका वीरेन्द्रनगरका साथै पञ्चपुरी, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिका र दैलेखका ३२ जना अपांगता भएका व्यक्तिहरुलाई व्हिलचियर दिइनेछ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका गणेशभक्त गौतम, राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपांगता भएका व्यक्तिलाई व्हिलचियर प्रदान गरेर शिविरको सुरुवात गर्नुभएको छ ।
आईएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतका कुष्ठरोग तथा अपांगता फोकल पर्सन उदयनाथ योगीले दुई दिने शिविरमा व्हिलचियरको अति आवश्यकता परेका अपांगता भएका व्यक्तिहरुलाई मात्रै माग र आवश्यकताको आधारमा प्रदान गरिएको बताउनुभयो । उहाँले दुई दिने शिविरमा अपांगता भएका व्यक्तिहरुलाई व्हिलचियरको साइज, चलाउने विधि, परामर्श सेवा पनि प्रदान गरिने जनाउनुभयो ।
आइएनएफ नेपाल साइनिङ अस्पताल प्रमुख ललितबहादुर सारुले शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निःशुल्क व्हिलचियर प्रदान गर्नुका साथै आउने जाने यातायात खर्चसमेत प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार अपांगता भएका व्यक्तिहरुलाई अवस्था हेरेर २२ हजारदेखि ३३ हजारसम्म मूल्य पर्ने व्हिलचियर प्रदान गरिएको छ । उहाँले व्हिलचियरले अपांगता भएका व्यक्तिहरुलाई सहजरुपमा आउजाउ र हिंडडुल गर्न मद्धत पुग्ने बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap