१९ बैशाख २०८१, बुधबार

जाजरकाेटका एक हजार बढी भूकम्प प्रभावित परिवारलाई अत्यावश्यकीय सहयाेग

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
जाजरकाेटका एक हजार बढी भूकम्प प्रभावित परिवारलाई अत्यावश्यकीय सहयाेग
0 Shares

सुर्खेत ।

जाजरकोटका एक हजार बढी भूकम्प प्रभावितहरुलाई आईएनएफ नेपालको केन्द्रीय कार्यालयले अत्यावश्यकीय सहयोग प्रदान गरेको छ । जाजरकोटको विशेषगरी बढी क्षति भोगेको नलगाड नगरपालिकाका विभिन्न वडाका प्रभावित र अपांगता भएका एक हजार बढी प्रभावितहरुलाई खाद्यान्नका साथै गैर खाद्य सामग्री सहयोग प्रदान गरेको हो ।


आईएनएफले गत कात्तिक १७ गते भूकम्प गएको पर्सीपल्ट कात्तिक २० गतेदेखि नै सहयोग दिन सुरु गरेको थियो । सहयोग दिने क्रम अहिलेपनि जारी राखेको छ । आईएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतका साझेदारी अधिकृत नारायण पाण्डेले कात्तिक २० गतेदेखि हालसम्म आईएनएफ नेपालको केन्द्रीय कार्यालयले जाजरकोटको विपद् व्यवस्थापन समितिको समन्वयमा नलगाड नगरपालिकाका एक हजार बढी भूकम्प प्रभावितहरुलाई सहयोग गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार कात्तिक २० गते पहिलो चरणमा नलगाड नगरपालिका—६ का एक सय घरधुरीलाई तत्कालका लागि खानेकुराका साथै सुत्केरी महिलाका लागि पोषणयुक्त पिठो सहयोग पु¥याएको थियो । त्यसपछि दोस्रो च।णमा सोही स्थानका थप एक सय घरधुरीलाई त्रिपाल, डोरी, कम्बल, टोपीलगायतका सामग्री पु¥याइएको थियो । अहिले तेस्रो चरणमा जाडोका लागि न्यानो कपडा कार्यक्रममार्फत करिव ७३२ घरधुरीलाई सिरक, डसना, तकिया, तन्नालगायत प्रदान गर्ने काम जारी रहेको छ । यो तेस्रो चरणको कार्यक्रम जाजरकोट र रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका भूकम्प प्रभावितलाई वितरण भइरहेको साझेदारी अधिकृत पाण्डेले बताउनुभयो ।


आईएनएफ नेपाल केन्द्रीय कार्यालयका विपद व्यवस्थापन संयोजक हरिबन्धु अर्यालले भूकम्प प्रभावितहरुलाई आवश्यक खाद्यान्न तथा लताकपडासहित दुई पटक स्वास्थ्य शिविर पनि संचालन गरिएको जानकारी दिनुभयो । ती शिविरबाट ५३५ जनाले प्रत्यक्षरुपमा सेवा लिएका छन् । यसका साथै उनीहरुलाई भूकम्पको त्रास हटाउन मनोपरामर्श सेवा दिने काम पनि भइरहेको उहाँको भनाइ छ । उहाँले बारेकोट गाउँपालिकाका एक सय घरधुरी अपांगता भएका व्यक्तिहरुलाई पनि सहायत सामग्रीसहितको सहयोग प्रदान गरिएको बताउनुभयो । संस्थाले जिल्लाको विपद व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित ठाउँमै पुगी सिधै भूकम्प प्रभावितहरुकै हात पर्ने गरी सहयोग प्रदान गरेको छभने आउने नसक्नेहरुलाई पाउनुपर्ने सहयोग घरमै पु¥याइदिने गरिएको संयोजक अर्यालले जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap