१९ बैशाख २०८१, बुधबार

प्रदेश राजधानीमै अव प्राङ्गारिक तरकारी सहज

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
प्रदेश राजधानीमै अव प्राङ्गारिक तरकारी सहज
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अव सहजैरुपमा प्राङ्गारिक तरकारी पाइने भएको छ । कुनैपनि विषादि नहाली केवल प्राङ्गारिक रुपमा उत्पादन गरिएका तरकारीहरु वीरेन्द्रनगर बजारमा शनिवारदेखि सहजै पाइने भएको हो ।


कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले संचालन गरेको स्किल अप परियोजनाबाट उत्पादन गरिएका प्राङ्गारिक तरकारी अव सहजै पाइने भएको छ । अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—९ तिलपुरमा दुई वटा समूहले प्राङ्गारिक तरकारी मात्रै उत्पादन गर्दै आएका छन् । शनिवार वीरेन्द्रनगर बजारमा प्राङ्गारिक तरकारी पसल स्थापना गरिएपछि उत्पादन गरिएका सवै तरकारी सोही पसलमा विक्रीका लागि राखिएका छन् । अव उपभोक्ताहरुले सो पसलबाट प्राङ्गारिक तरकारी सहजै खरिद गर्न सक्नेछन् ।
वीरेन्द्रनगर नगरपालिका—९ तिलपुरकी कृषक तारा चौधरीले प्राङ्गरिक मलहरु प्रयोग गरेर प्राङ्गारिक तरकारी खेती उत्पादन गर्ने गरिएको बताउनुभयो । उहाँले प्राङ्गारिक तरकारी खेतीमा दुःख धेरै लाग्ने गरेको अनुभव सुनाउँदै यसको बजार व्यवस्थापनका लागि सहयोग गरिदिनु आग्रह गर्नुभयो । उहाँहरु साना किसान सामूहिक गुणस्तर प्रमाणिकरण पद्धतिमा आवद्ध हुनुहुन्छ । सो समूहमा उहाँजस्तै २५ जना किसानहरु छन् । उहाँहरुले आलु, प्याज, बन्दा, काँक्रा, भिन्डी, टमाटरलगायतका सवै तरकारीहरु विषादिरहित तरिकाले प्राङ्गारिक रुपमै उत्पादन गर्नुहुन्छ ।


उहाँहरुले आफूले प्राङ्गारिक तरकारी खाँदा नै जिब्रोले फरक स्वाद पाउने बताउनुभयो । केही महँगो भएपनि सवैतिर प्राङ्गारिक तरकारीको प्रचारप्रसाद गरिदिनुपर्ने उहाँको जोड छ । यस्तै कृषक एवं समूहका प्राविधिक निता चन्दले कृषकहरु उत्पादन गरेका प्राङ्गारिक तरकारीहरु बजारीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । बजारमा विक्री नै भएन भने उत्पादन गरेर के गर्ने भन्दै उहाँले बजारीकरण र प्रचारप्रसारमा सहयोग जुटाइदिन सुझाव दिनुभयो ।
स्किल अप परियोजनाबाट सुर्खेतमा दुई वटा समूह गठन गरिएका छन् । साना किसान र हरियाली समूहमा आवद्ध ५० जना किसानहरुले प्राङ्गारिक तरकारी मात्रै उत्पादन गर्ने गरेका छन् । उहाँहरुको नर्सरीदेखि बजारसम्म सवै प्राङ्गारिक नै हुने सिप्रेडका कृषि अधिकृत सुशील बस्नेतले बताउनुभयो । उहाँले सिकाई केन्द्र पनि संचालन गरेर प्राङ्गारिक तरकारी कसरी उत्पादन गर्ने भन्ने ज्ञान सीप पनि प्रदान गरिएको जानकारी दिनुभयो ।
सिप्रेडका स्किल अप परियोजना संयोजक रामभक्त न्यौपानेले कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने योजना अनुरुप स्किल अप परियोजनाले पनि प्राङ्गारिक उत्पादनलाई प्रश्रय दिएको बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेका प्राङ्गरिक तरकारीलाई नर्सरीदेखि बजारसम्म ल्याइने र त्यसका लागि सवैको सहयोग आवश्य पर्ने जनाउनुभयो । उहाँले होटल व्यवसायी संघ, उद्योग बाणिज्य संघले पनि प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


यता कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि घिमिरेले प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने अभियानमा कृषकहरुले थालेको कार्यको सह्राना गर्नुभयो । उहाँले प्राङ्गारिक उत्पादनलाई बढावा दिन आग्रह गर्दै किसानहरुलाई सानो रकम र क्षमता कोल्ड रुमका लागि पनि प्रक्रिया अनुसार सहयोग गर्न सकिने प्रतिवद्धता जनाउनुभयो । साथै मन्त्रालयले कृषि एम्बुलेन्स पनि संचालन गर्ने तयारीमा रहेको हुँदा त्यसले किसानसँग भएको तरकारी विक्री केन्द्र र त्यहाँबाट उपभोक्तासम्म पु¥याउन सहज हुने उल्लेख गर्नुभयो ।
प्राङ्गारिक तरकारी पसल स्थापना
यसैवीच वीरेन्द्रनगर नगरपालिका—९ तिलपुरका कृषकहरुले उत्पादन गरेको प्राङ्गरिक तरकारी खेतीको विक्री स्थल प्राङगारिक तरकारी पसल स्थापना गरिएको छ । वीरेन्द्रनगर —४ यरी चोकमा सो पसल स्थापाना गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि घिमिरेले सो पसलको उद्घाटन गर्दै यस्ता समूह र उत्पादनलाई विस्तार गर्न सुझाव दिनुभयो । त्यसअघि किसानहरुले उत्पादन गरेका तरकारी खेतीको पनि अनुगमन गरिएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap