१९ बैशाख २०८१, बुधबार

कुष्ठरोग निवारणमा आइएनएफको भूमिका स्मरणयोग्य

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कुष्ठरोग निवारणमा आइएनएफको भूमिका स्मरणयोग्य
0 Shares

सुर्खेत ।

नेपालमा कुष्ठरोग निवारणमा आइएनएफ नेपालको भूमिका स्मरणयोग्य रहेको सरोकारवालाहरुले बताएका छन् । पूर्व जन्मको पापको रुपमा लिइने कुष्ठरोगलाई आइएनएफ नेपालले निःशुल्क उपचार गरी निको पारेपछि उसको भूमिका स्मरणयोग्य भएको उनीहरुको भनाइ छ ।


आइएनएफ नेपालको ७१ औं वार्षिकोत्सवको अवसरमा साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतले शुक्रवार आयोजना गरेको कार्यक्रममा कुष्ठरोग पीडितका साथै विभिन्न क्षेत्रका अगुवाहरुले कुष्ठरोग निवारण, फिस्टुला उपचारका साथै सामुदायिक विकासमा आइएनएफले पश्चिम नेपालमा ठूलो गुन लगाएको जनाएका छन् । कुष्ठरोग प्रभावित दैलेखका मारु विश्वकर्माले सुर्खेतस्थित साइनिङ अस्पतालमा आएर कुष्ठरोगको उपचार गरेपछि आफू निको हुँदै गएको बताउनुभयो । उहाँले कुष्ठरोग पूर्व जन्मको पाप नभइ रोग भएकोले उपचार गरेपछि निको हुने आफूले थाहा पाएको जनाउनुभयो ।
मारु जस्तै थुपै्र कुष्ठरोग प्रभावितहरुले सुर्खेतस्थित साइनिङ अस्पतालबाट उपचार सेवा लिइ पुनस्र्थापनसमेत भइसकेका छन् । आइएनएफले सुर्खेतमा २५ शय्याको साइनिङ अस्पताल समेत स्थापना गरेको छ । जसमा पाँच श्यया कुष्ठरोग प्रभावितका लागि छुट्याइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट यो रोगका विरामीहरु उपचार गर्न आउने गरेको अस्पतालका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीले बताउनुभयो । उहाँका अनुसार यहाँ उपचाररत धेरै विरामीहरु निको भएर गएका छन् । उहाँले वर्षेनी ५० देखि ६० जनासम्म नयाँ कुष्ठरोगका विरामीहरु पत्ता लाग्ने गरेको र उनीहरुलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पठाउने गरेको जानकारी दिनुभयो । जटिल खालको भएमात्र साइनिङ अस्पतालमा थप उपचार लिन आउने र उनीहरुको सवै उपचार सेवा निःशुल्क हुने उहाँको भनाइ छ ।
यसैगरी आइएनएफले १७ शय्याको महिलामा पिसाव चुहिने समस्या (फिस्टुला) केन्द्र पनि संचालनमा ल्याएको छ । प्रदेश अस्पतालमा स्थापना गरिएको सो केन्द्रबाट धेरै महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार हुने गरेको छ । सो केन्द्र पश्चिम नेपालमै पहिलो हो । यसका साथै अपाँगता भएकाहरुको सहज जीवन यापन, सामुदायिक विकासका कामहरुमा पनि आइएनएफ नेपालले काम गर्दै आएको साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेत कार्यक्रम संयोजक ललितबहादुर सारुले बताउनुभयो ।
गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा ६०४ जना कुष्ठरोग शंकास्पद व्यक्तिहरु उपचारमा आएको र जसमध्ये ४३ जना नयाँ केस पत्ता लागेको छ । कार्यक्रम संयोजक सारुले स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा आइएनएफ नेपालको यात्रा ७१ वर्ष पुगेकोमा सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा सुर्खेतमा पुनस्र्थापना केन्द्र स्थापना गर्ने, साइनिङ अस्पताललाई सवै प्रकारका अपांगताको उपचारको हव गराउने लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो ।
कर्णाली इसाई एकता समाजका अध्यक्ष पदमबहादुर गैरेले सीमान्तकृत, सवै सेवाबाट बञ्चितिकरणमा परेका र गरीव समुदायको क्षेत्रमा आइएनएफले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले ७१ वर्षसम्म पनि नेपालमा स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा गरेको काम अरुका लागि प्रेरणादायी भएको बताउनुभयो । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल,, इसाइ समाज कर्णाली प्रदेशका गुमानसिह‌ बस्याललगायतले आइएनएफलाई कुष्ठरोग प्रभावित, फिस्टुलाका विरामीको खोजी, उपचार र पुनस्र्थापनाको काममा निरन्तरता दिन सुझाव दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap