१९ बैशाख २०८१, बुधबार

दलित महिला जनप्रतिनिधिहरुको साझा थलो

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
दलित महिला जनप्रतिनिधिहरुको साझा थलो
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला जनप्रतिनिधिहरु सम्मिलित साझा थलो गठन गरिएको छ ।

दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ का दलित महिला वडा सदस्य रचना वाँठाको संयोजकत्वमा बुधवार साझा थलो गठन गरिएको हो ।
सो साझा थलोमा दलित महिला जनप्रतिनिधिहरुले वडामा काम गर्दा भोगेका समस्याहरुको समाधानका उपायहरु निकाल्ने, दलित जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल गर्नुका साथै कार्यक्रमसमेत गर्ने छ । दलित महिला संघ सुर्खेतले संचालन गरेको नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजना अन्तर्गत गठन गरिएको साझा थलोको सदस्यहरुमा निर्वाचित सवै दलित महिला सदस्यहरुलाई राखिएको परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो ।
सदस्यहरुमा सन्ध्या परियार, मनमाया विक, गीतादेवी सुनार, रमिला विक, डम्मरी नेपाली, गीता विश्वकर्मा, कमला नेपाली, चन्द्राकुमारी नेपाली, चन्द्रा दमाई, रत्ना नेपाली, तृप्तिकुमारी विक, यमुना नेपाली, गोमा नेपाली रहनुभएको छ । यस्तै प्रेमदेवी सार्की, मिना थापा विक, कल्पना दमाई र लक्ष्मीकुमारी चुनारा पनि साझा थलोको सदस्य रहनुभएको छ ।
परियोजना वीरेन्द्रनगरका साथै भेरीगंगा नगरपालिकामा पनि लागू भएको छ । भेरीगंगा नगरपालिकामा पनि यस्तै साझा थलो गठन गरिने उहाँले जनाउनुभयो । अहिले परियोजनामार्फत वीरेन्द्रनगरमा पाँच वटा समूह गठन भएको छ । समूहमा आवद्धलाई सीप विकास तालिमका साथै वीऊ पुँजी अनुदानसमेत दिएर आत्मनिर्भर बनाइने संयोजक वलीले बताउनुभयो । संयोजक वाँठाले साझा थलोमा दलित जनप्रतिनिधिहरुवीच भेटघाट भइ आइपरेका समस्याहरुको समाधान गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap