१९ बैशाख २०८१, बुधबार

वीरेन्द्रनगर बजारका भित्तामा सम्पदाका चित्र

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
वीरेन्द्रनगर बजारका भित्तामा सम्पदाका चित्र
0 Shares

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा संस्कृति र सम्पदा पहिचानका चित्रहरु बनाउने अभियान थालिएको छ । वीरेन्द्रनगरका आर्टिष्टहरुको संगठन नेपाल कमर्शियल आर्टिष्ट संघले यो अभियान थालेको हो ।


पहिलो चित्र काँक्रेविहार र लाखेको निर्माण गरिएको छ । वीच बजारको नेता चोकस्थित घरको भित्तामा पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार र लाखेको चित्र कोरिएको नेपाल कमर्शिलय आर्टिष्ट संघका केन्द्रीय सदस्य सुभासकुमार शाक्यले बताउनुभयो । उहाँले वीरेन्द्रनगर बजारबाट सुरु गरिएको अभियान जिल्लाका साथै प्रदेशभर संचालन गरिने जनाउनुभयो ।
लोप हुन थालेका संस्कृति र सम्पदालाई चित्रका माध्यमबाट जोगाउन निःशुल्क रुपमा आफूहरुले यो अभियान थालिएको उहाँको भनाइ छ । अन्य स्थानहरु पनि हेरेर रारा ताल, शे—फोक्सुण्डे, कुभिण्डे दह, पञ्चकोशी, पचालझरनाजस्ता कर्णालीका पर्यटकीय चित्रहरु कोरिने जानकारी केन्द्रीय सदस्य शाक्यले दिनुभयो । यो अभियानले एकातिर सम्पदा र संस्कृतिको पहिचान र जगेर्ना हुने र अर्कोतिर भित्ता कुरुप नहुने फाइदा रहेको उहाँले बताउनुभयो । ती चित्रहरु विभिन्न सहयोगी निकायहरुको सहयोगबाट बनाइएको छ ।
स्थानीय तह, पर्यटन मन्त्रालयले पनि आफूहरुको काममा सहयोग र समन्वय गर्न सक्ने उहाँले बताउनुभयो । स्थानीय तथा प्रदेश सरकारको काम पनि पर्यटनको प्रचारप्रसार गर्ने रहेकोले आफूहरुले त्यो काम निःशुल्क गरेको उहाँको भनाइ छ । वीरेन्द्रनगर प्रवेश गर्ने नाका, बजार क्षेत्रका खाली भित्ताहरुमा यस्ता सांस्कृतिक सम्पदा र पहिचानका लागि चित्रहरु कोरिनेछ ।


कमर्शियल आर्टिष्ट संघका सचिव सुरज लाम्गादेले सम्पदा चित्र अभियानले नयाँ पुस्तालाई सम्पदा पहिचान गर्न सहज हुने विश्वास गरेको बताउनुभयो । ‘संस्कृति र सम्पदाको सहर, हाम्रो वीरेन्द्रनगर’ भन्ने मूल नाराबाट यो अभियान वीरेन्द्रनगरबाट स ुरु गरिएको उहाँले जनाउनुभयो । खाली भित्तामा सम्पदा चित्र अभियानले सवैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूहरु थप उत्साहित भएको उहाँको भनाइ छ । यो अभियानमा नेपाल कमर्शियल आर्टिष्ट संघ सुर्खेतका अध्यक्ष धर्मु नेपालीसहित अजय बि सी, श्याम खड्का, मानसिङ गुरुङ्ग सिन्धु दहाल, पुरन पुरी, दिपक भुसाल, सागर भुसाल, बसन्त आचार्य, दिपक सुनार, प्रेम गोतामे, बिमल रजवारलगायतको योगदान रहेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap