१९ बैशाख २०८१, बुधबार

सहजकर्तालाई रिफरल सहयाेग तालिम

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
सहजकर्तालाई रिफरल सहयाेग तालिम
0 Shares

सुर्खेत ।
दलित महिला संघले गाउँबस्तीमा रहेका सहजकर्ताहरुलाई रिफरल सहयोगको तालिम दिएको छ । युएन वुमन र जुरी नेपालको सहयोगमा संघले सुर्खेतका वीरेन्द्रनगर, लेकबेसी, गुर्भाकोट र भेरीगंगा नगरपालिकामा संचालन गरेको हाम्रो सहकार्य परियोजनाबाट सहजकर्ताहरुलाई रिफरल सहयोग तालिम दिएको हो ।


तीन दिनसम्म संचालन गरिएको तालिममा गाउँबस्तीमा आइपर्ने विवाद तथा समस्याहरु बुझेर सम्बन्धित निकायहरुमा जानका लागि सहजीकरण गर्नेलगायतका विषयबस्तु सिकाइएको थियो । यसका साथै लैंगिक विभेद, मनोसामाजिक सहयोग, कानुनी सहयोग, रिफरल सहयोग, अभिलेखीकरण तथा रिपोर्टिङमा पनि सहजीकरण गरिएको दलित महिला संघका सचिव खगिसरा वलीले बताउनुभयो ।
करिव २५ जना सहभागी भएको तालिममा अधिवक्ता गीता कोइराला, बरिष्ठ मनोपरामर्शकर्ता निशा पौडेल र इन्सेकका नारायण सुवेदीले सहजीकरण गर्नुभएको थियो । तालिम समापनमा दलित महिला संघ सुर्खेतका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष मन्जु सुनारले समाजमा अझैपनि जातीय विभेद, छाउपडी, बालविवाह, बहुविवाहजस्ता समस्या रहेको र त्यसबाट हिंसा बढेको हुँदा यो रिफरल सहयोग तालिमले समाधान गर्नमा सहयोग पुग्ने बताउनुभयो । पीडितले न्याय पाउने बाटो देखाइ दिने काम सहजकर्ताको भएकोले त्यो काममा सक्रिय हुनसमेत उहाँले सुझाव दिनुभयो ।
दलित महिला संघका केन्द्रीय कार्यक्रम व्यवस्थापक सुरेश विश्वकर्माले सुर्खेतसहित डोटी र कैलालीमा पनि यो परियोजनाबाट रिफरल तालिम संचालन भइसकेको जानकारी दिनुभयो । उहाँले तालिम पश्चात गाउँबस्तीको विवाद समस्यामा सहजीकरण हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap