१९ बैशाख २०८१, बुधबार

सुरक्षित गर्भपतन सेवा लिन पनि कठिनाई

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुरक्षित गर्भपतन सेवा लिन पनि कठिनाई
0 Shares

तृप्ति शाही÷सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ५ कि एक महिलाको नचाहेको गर्भ बस्यो । उहाँले एक औषधी पसलबाट गर्भपतन गराउने औषधि किनेर खानुभयो । औषधी खाएपछि उहाँलाई अत्यधिक रगत बग्यो । अन्तिम अवस्थामा उहाँ प्रदेश अस्पताल सुर्खेतमा पुग्नुभयो । अस्पतालमा भएको थप उपचार पछि मात्र उहाँको स्वास्थ्य अवस्था ठिक भयो ।


अस्पतालमा उपचार गराइरहेकी उहाँले सुरक्षित गर्भपतन सेवा बारे जानकारी नभएर फार्मेसीबाटै औषधि किनेर खाएको बताउनुभयो । अस्पताल गएपछि अरुले थाहा पाउने डर पनि आफूलाई लागेको उहाँको भनाइ थियो । एक जना मात्र होइन, यस्ता धेरै जना सेवाग्राहीहरु प्रदेश अस्पताल सुर्खेतमा भेटिन्छन् । सुरक्षित गर्भपनतबारे जानकार नभएर र समाजको डरले अझै पनि महिलाहरु लुकेर गर्भपतन गराउन बाध्य छन् । महिलाहरुले अधिकार भित्र पर्ने सुरक्षित गर्भपतन सेवा लिन पनि कठिनाई भएको छ ।


नेपालमा २०५९ असोज १० गते गर्भपतनलाई कानुनी मान्यता दिएस“गै सुरक्षित गर्भपतनको अवधारण लागू भएको हो । २०६० असारमा सुरक्षित गर्भपतन सम्बन्धि राष्ट्रिय नीति पारित गरी गर्भपतनलाई थप व्यवस्थित गरियो । त्यस्तै २०६२ बाट नर्सिङ स्टाफद्वारा सुरक्षित गर्भपतन सेवाको सुरुवात गरेपछि गर्भपतन सेवा व्यापक भएको हो । खासगरी २०७२ सालमा जारी भएको नेपालको संविधानले यसको दायरालाई अझ फराकिलो पारेको छ । संविधानको धारा ३८ को उपधारा २ ले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हक प्रदान गरेको छ । सोही हकलाई कार्यान्वयन गर्न २०७५ सालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भएको थियो । त्यसको दुई वर्षपछि सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि नियमावली आइसकेको छ । तर, यसबारे महिला नै बेखबर रहने गरेका छन् । सरकारले सुरक्षित गर्भपतन सम्बन्धी कानुन बनाए पनि स्थानीय तहसम्म यसबारे जानकारी गराउने संयन्त्र प्रभावकारी नभएका कारण ग्रामीण क्षेत्रका महिलाहरुमा अझै पनि यसबारे कमै मात्रामा जानकारी रहेको देखिन्छ ।
सुरक्षित गर्भपतन सेवाबारे जानकारी नभएका महिलाहरु अहिले पनि अन्तिम अवस्थामा मात्र अस्पताल जाने गरेका छन् । बाहिर औषधि पसलहरुमा औषधि किनेर खाएर स्वास्थ्यमा जटिलता आएपछि मात्र उनीहरु अस्पताल जाने गरेका छन् । प्रदेश अस्पताल सुर्खेतमा पनि अझै ५० प्रतिशत महिलाहरु बाहिर औषधि खाएर जटिलता भएपछि मात्र सेवाको लागि आउ“ने गरेका अस्पतालका सुरक्षित गर्भपतन सेवाकी फोकलपर्सन कल्पना थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही महिलाहरु सुरक्षित गर्भपतन सेवा लिन अस्पताल पुग्नुहुन्छ । तर अझै पनि महिलाहरु पहिले आफू खुसी औषधि खाएर जटिल अवस्था भएपछि मात्र आउनुहन्छ ।’ गर्भपतनको औषधिलाई अहिले परिवार नियोजनको साधनका दृष्टिकोणले हेर्न थालिएको अनुभव उहाँले साट्नुभयो । महिलाको लागि अन्य व्यक्तिहरुले पनि यो औषधि किनेर खान दिने गरेको पाइएको उहाँले बताउनुभयो । बिना चेकजाच औषधि खाएपनि महिलाहरुका स्वास्थ्य समस्या देखिन थालेको उहाँको भनाइ छ । बाहिर औषधी खाएर धेरै रगत बग्ने समस्या लिएर महिलाहरु बढी अस्पताल आउने गरेका छन् । यो सँगै औषधिले बच्चा राम्रोसँग सफा नहुने भएपछि जटिल स्वास्थ्य समस्या लिएर पनि महिलाहरु आउने गरेको थापाले बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन निःशुल्क रुपमा हुने गर्छ । तर, सुरक्षित गर्भपतन सेवा निःशुल्क हुन्छ भन्नेबारे पर्याप्त जानकारी नहु“दा महिला फार्मेसीमा गएर आफूखुशी औषधि सेवन गर्ने र यसरी औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि मात्रै सुरक्षित गर्भपतन सेवा केन्द्रसम्म जाने प्रवृत्ति बढी रहेको पाइन्छ । सुरक्षित गर्भपतनका लागि सरकारले कानुनी ज्ञानबारे पर्याप्त प्रचारप्रसार नगर्दा र सरकारी स्वास्थ्य संस्थामा गभर्पतनको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी धेरैलाई थाहा नभएर अन्यन्त्र ठिक नभए पछि अन्तिम अवस्था परेपछि मात्रै सरकारी अस्पतालहरुमा पुग्ने गरेका छन् । सुरक्षित गर्भपतन सेवालाई लाजको विषय मान्दा पनि महिलाहरुले स्वास्थ्यसस्थामा नगएरै औषधी सेवन गर्ने गरेका छन् ।
सुर्खेत जिल्लामा चालु आर्थिक वर्षको हालसम्म दुई हजार ३७४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या अझै बढ्न सक्ने कार्यालयको अनुमान छ । गर्भपनत गराउनेमध्ये आठ हजार ६७९ जनाले मेडिकल र चार हजार ६०६ जनाले सर्जिकलको माध्यमबाट गर्भपतन गराएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक अञ्जना भण्डारीले बताउनुभयो । नेपालमा गर्भपतन गराउने मध्ये ४२ प्रशितले मात्रै सरकारले गर्भपतनका लागि कानुनी मान्यत दिइएका स्वास्थ्य संस्थाहरुमा हुने गरेका छन् । बा“की ५८ प्रतिशतले भने सरकारले मान्यता नदिएका स्वास्थ्य संस्थाहरुबाट गर्ने तथ्याङक छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap