१९ बैशाख २०८१, बुधबार

सुर्खेती सर्जक कार्की र गिरीलाई विशाल म्युजिक अवार्ड

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेती सर्जक कार्की र गिरीलाई विशाल म्युजिक अवार्ड
0 Shares

सुर्खेत ।
सुर्खेती सर्जकहरु कुमार कार्की र धर्मराज गिरी विशाल राष्ट्रिय तिज म्युजिक अवार्डबाट पुरस्कृत हुनुभएकाे छ । कार्कीलाई ‘सम्झेर माइतीको आँगन’ नामक तिज गीतको उत्कृष्ट मौलिक तीज शव्द २०८० बाट र गिरीलाई ‘बैंसालु उमेर नाच्दिन्छु घुमेर’ नामक गीतको उत्कृष्ट मौलिक तीज लय २०८० को अवार्डबाट पुरस्कृत गरिएको हो ।

उहाँहरु दुवै जना आ—आफ्नो विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल हुनुभएको थियो । दुवै सर्जकले तिजलाई लक्षित गरी तिज गीत बजारमा ल्याउनुभएको थियो । बुधवार विशाल तिज गीत म्युजिक अवार्ड २०८० काठमाडौ अनामनगरमा सम्पन्न भएको थियो । यो अवार्डले आफूलाई थप जिम्मेवारी बोधका साथै आगामी दिनमा थप सक्रिय रहन हौसला मिलेको बताउनुभएको छ । उहाँहरुका गीतहरु अहिले सुर्खेतलगायत विभिन्न स्थानमा निकै चर्चित रहेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap