१९ बैशाख २०८१, बुधबार

सुर्खेतमा तीज गीत सार्वजनिक गर्ने लहर

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सुर्खेतमा तीज गीत सार्वजनिक गर्ने लहर
0 Shares

सुर्खेत ।
हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड हरितालिका तीज पर्व नजिकिएसँगै सुर्खेती कलाकार तथा सर्जकहरुले तीजसम्वन्धी गीत धमाधम सार्वजनिक गरेका छन् । आ—आफ्ना यु—ट्युव च्यानलहरुबाट सुर्खेतकै सवै कलाकार र आफ्नो ठाउँमा छायाँकन गरिएका तीजका गीतहरु धमाधम सार्वजनिक भएका हुन् । तीज लागेसँगै झण्डै एक दर्जन तीज गीतहरु सार्वजनिक भएका छन् ।


विगतका वर्षहरुझैं सर्जकहरु कुमार कार्की, धर्मराज गिरी, तीर्थराज पुरी, यज्ञकुमार गिरीका साथै कलाकारहरु दिपासा विसी, रेशम नेप्किङलगायतले तीज गीत सार्वजनिक गर्नुभएको छ । यसवर्ष सर्जन कुमार कार्कीले ‘सम्झेर माइतीको आँगन’, धर्मराज गिरीले ‘बैंसालु उमेर नाच्दिन्छु घुमेर’, तीर्थराज पुरीले ‘नाच कम्मरै भाँच’, यज्ञकुमार गिरीले ‘मन मुटु खाने भो’ गीत सार्वजनिक गरिसक्नुभएको छ ।
यस्तै कलाकार दिपासा विसीले ‘अर्कैको दासी बरिलै’, रमेश नेप्किङले ‘धुलो उडाइ नाचिन्छ गाइन्छ’ गीत पनि सार्वजनिक गरिसक्नुभएको छ । अन्य कलाकारहरुले पनि तीज गीत सार्वजनिक गर्ने लहर अहिले चलिरहेको छ । ती सर्जकहरुले विगतका वर्षहरुमा पनि तीज गीत सार्वजनिक गरिसक्नुभएको थियो । तीर्थराज पुरीले बनारसी साडी—१ मलाई यसै ठीकै छ, यज्ञकुमार गिरीले ‘कर्मैले घुमायो’लगायतका गीत आइसकेका थिए । महिलाहरुको महान चाड भएकोले तीजलाई नै लक्षित गरी कलाकार तथा सर्जकहरुले गीत सार्वजनिक गर्ने गरेका छन् । काठमाडौंपछि पश्चिम नेपालमा सुर्खेतमा धेरै तीज गीतहरु सार्वजनिक हुने गरेको सर्जकहरु स्वयं बताउँछन् । ‘नाच कमरै भाँच’ तीज गीत सार्बजनिक गर्नुभएका सर्जक तीर्थराज पुरीले पश्चिम नेपालमा सुर्खेतमा सवैभन्दा धेरै तीज गीतहरु सार्वजनिक हुने गरेको बताउनुहुन्छ । उहाँले सुर्खेत धेरै कलाकार तथा सर्जकहरुको जन्मस्थान पनि भएकोले धेरै गीतहरु सार्वजनिक हुनु स्वाभाविक भएको जनाउनुभयो ।
सुर्खेतबाट सार्वजनिक गरिएका तीज गीतहरु धेरैजसो छिटो तालमा नाच्ने खालको रहेको छ । जसले गर्दा सार्वजनिक हुने वित्तिकै लोकप्रिय र चर्चितसमेत हुने गर्दछन् । झ्याउरे, ख्याली लयमा यहाँका गीतका भाकाहरु छन् । नारी बेदनाभन्दा पनि चलनचल्तीको समयलाई आधार मानेर गीतहरु तयार गरिएका छन् । सर्जक पुरीले प्रायः झ्याउरे, ख्याली लयका तीजका गीतहरु भएकोले छिट्टै चर्चित हुने गरेको बताउनुहुन्छ ।
यस्तै अर्का सर्जक कुमार कार्कीले पनि तीजकै छेकोमा गीतहरु चर्चित हुने भएकोले आफ्नो यु ट्युव च्यानलबाट गीत सार्वजनिक गरेको बताउनुभयो । कार्कीले तीज गीतका साथै आधुनिक, लोक गीतहरु पनि सार्वजनिक गरिरहनुहुन्छ । सुर्खेतबाट सार्वजनिक गरिएका तीज गीतहरुमा धेरैजसो सुर्खेतकै कलाकार र सुर्खेतमै छायाँकन गरिएका छन् । सुर्खेतमा जन्मी राष्ट्रिय रुपमै चर्चा कमाउन सफल टिका पुन, सुनिता बुढाक्षेत्रीका स्वरहरु गीतमा राखिएका छन्भने कलाकार दिपासा विसीका साथै स्थानीय कलाकारहरुको अभियन रहने गरेको छ । यस्तै धर्मराज गिरी, सुनिल रेग्मी, चन्द्र मन्दिरले पनि करियोग्राफर गर्नुभएको छ । विगतमा हरि विष्ट, नन्दा बस्याललगायतका कलाकाहरुले सार्वजनिक गरेका गीतहरु अहिलेसम्म पनि चर्चित छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap