१९ बैशाख २०८१, बुधबार

विद्यालयलाई बेन्च हस्तान्तरण

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
विद्यालयलाई बेन्च हस्तान्तरण
0 Shares

सुर्खेत ।
भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४,ले भैरव माविलाई बेन्च हस्तान्तरण गरेको छ । सोमवार विद्यालयमा वन समूहले १० थान बेन्च विद्यार्थीहरुका लागि सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।


भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गंगाराम तिमिल्सेना तथा प्रअ भक्तबहादुर खत्रीलाई करिव ७६ हजार मूल्य बराबरका १० थान फलामे बेन्च हस्तान्तरण गर्नुभएको हो । विद्यालयले फर्निचर माग गरेपछि वन समूहले सहयोग स्वरुप बेन्च सहयोग गरेको हो । सो अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शेरबहादुर केसी, वडा सदस्य एवं नगरकार्यपालिका सदस्य टिका घले, विद्यालय व्यवस्थापन समितिका सदस्य गणेशमान खनाल, भैरम सामुदायिक वन उपभोक्ता समूहका सचिव यामकुमारी चालिसे, कोषाध्यक्ष देवीप्रसाद खनाल, वडासदस्य रामकृष्ण नेपालीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap