१६ बैशाख २०८१, आईतवार

१८ जना स्वरोजगार, २५ जना अभियन्ता तयार

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
१८ जना स्वरोजगार, २५ जना अभियन्ता तयार
0 Shares

सुर्खेत ।

दलित महिला संघ सुर्खेतले संचालन गरेको नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट १८ जना विपन्न महिला रोजगारीमूलक काम गरी स्वरोजगार बनेका २५ जना दलित अगुवा महिला अभियन्ता तयार भएका छन् ।


परियोजना समापनका लागि सार्वजनिक लेखा परीक्षण कार्यक्रम गर्दै दलित महिला संघले सो जानकारी दिएको हो । संस्थाले सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा सो कार्यक्रम संचालन गरेको थियो । ती दुई पालिकामा २० वटा दलित महिला समूह गठन गरिएको थियो । जसमा ५०० दलित महिला प्रत्यक्ष संलग्न रहेका थिए ।
समुदायमा आयआर्जनका साथै कुरीति विरुद्ध जनचेतना जगाउन २५ जना दलित महिला अगुवा अभियन्ता तयार गरी विभिन्न तालिमसमेत दिइसकेको छ । २० जना उद्यम गर्न आर्थिक सहयोग प्रदान गरिएको छभने खुद्रा पसल, बाख्रा पालन, तरकारी खेती, नास्त पसललगायत गरी १८ जना महिला स्वरोजगार बनेको संघको प्रतिवेदनमा उल्लेख छ । परियोजना संयोजक खगिसरा वलीले परियोजनाले दलित तथा विपन्न महिलाहरुलाई आयआर्जनसम्वन्धी व्यवसायिक सीप प्रदान गरिएको, बीऊ पुँजी प्रदान गरिएको, दलित महिलाहरु विभिन्न सामाजिक संघसंस्थाहरुमा पहुँच बढाउन सहयोग पुगेको जानकारी दिनुभयो । एक वर्षे कार्यक्रमका लागि कूल बजेट १५ लाख ६८ हजार रहेको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले दलित तथा विपन्न महिलाहरुको सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनुभयो । उहाँले सदस्यहरुमाथि गरिएको लगानीको अनुगमन निरीक्षण गर्न सुझाव दिँदै नगरपालिकाले पनि लक्षित समूहको कार्यक्रम गर्दा समन्वय गर्न सकिने उल्लेख गर्नुभयो । साथै लगानी र काम पारदर्शी गर्नपनि उहाँले जोड दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap