१६ बैशाख २०८१, आईतवार

शिवशक्ति धाममा रक्तदान

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
शिवशक्ति धाममा रक्तदान
0 Shares

सुर्खेत ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको समन्वयमा पञ्चपुरी नगरपालिका –२ शिबशक्ति धाममा रक्तदान कार्यक्रम गरिएको छ।

लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षता तथा नेपाल स्वयसेवी रक्तदाता समाज नेपालका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारी, निबर्तमान नगरप्रमुख उपेन्द्रबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका उपसभापति प्रदिप्त पौडेल, पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष याम बहादुर बिसी, वडा नं –३ का वडाध्यक्ष बलबहादुर रोकाय, वडा नं –४ का वडाध्यक्ष रामप्रसाद अधिकारी, वडा नं ५ का वडाध्यक्ष नगेन्द्रबहादुर शाही, नेपाल रक्तदाता समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, प्रेमप्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सदस्य रामप्रसाद सापकोटा लगायतले शुभकामना दिनुभएको थियो । रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन हुनुका साथै रक्तदान सम्बन्धि सचेतनामूलक प्रशिक्षण समेत संचालन भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
नगरस्तरीय स्वयंसेवी रक्तदाता समाज गठन
यसैवीच सो स्थानमा पञ्चपुरी नगरपालिका बाबियाचौरका जनप्रतिनिधि समेतको रोहबरमा पञ्चपुरी नगरपालिका–९ निवासी डिल्लीराम घिमिरेको अध्यक्षतामा ११ सदस्यीय पञ्चपुरी नगर स्तरीय नेपाल स्वयसेवी रक्तदाता समाज गठन गरिएको छ ।

उक्त समाजको उपाध्यक्षमा बलबहादुर बोहरा, सचिबमा गोपाल बुढा, कोषाध्यक्षमा थानीप्रसाद घिमिरे तथा सदस्यहरुमा बीरेन्द्रकुमार जोशी,सूर्य उपाध्याय, रेमन्त बिसी, हेमन्त रावत, रमेशकुमार थापा, लक्ष्मी बिसी र चेतन नेपाली रहनुभएको छ । आगामी दिनमा यही समितिले नै पञ्चपुरी नगरपालिकामा रक्तदान सम्बन्धि सचेतना तथा रक्तदान कार्यक्रमहरु संचालन गर्ने जानकारी लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिव भद्रबहादुर थापाले दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap