१५ बैशाख २०८१, शनिबार

हदैसम्मको कारबाही गर्न माग

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
हदैसम्मको कारबाही गर्न माग
0 Shares

सुर्खेत ।
दलित महिला संघ कर्णाली प्रदेशले जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै जुम्ला तातोपानी गाउँपालिका वडा नं. ४ का गिडिखोलाका मुकेन्द्र नेपालीको घरमा आगो लाउने घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । यही असार १७ गते नेपालीले सोही ठाउँकै गिरी थरकी केटीलाई प्रेम सम्वन्धपछि आपसी सल्लाहमा प्रेम विवाह गर्ने उद्धेश्यले गाउँबाट भगाएको आरोपमा केटी पक्षको परिवारले केटा मुकेन्द्र नेपालीको घरमा आगजनी गरेका थिए ।

संघले उक्त घटनाको विरोध गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।दलित महिला संघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक मन्जु सुनारले बुधवार एक विज्ञप्ति जारी गरी नेपालको संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरिसकेको र कुनैपनि जातीय विभेद, छुवाछूतसमेत गर्न नपाइने कानुन लागू भइसकेको अवस्थामा अन्तरजातीय विवाह गरेको आरोपमा निमुखा दलित परिवारको उठिबास नै लगाउने गरी घरमा आगजनी गरिनु गम्भीर मानवअधिकारको उल्लंघन भएको जनाइएको छ । २९ प्रतिशत बसोबास रहेको कर्णाली प्रदेशमा दलित समुदायमाथि यस्ता अपराध कुनै नौलो होइनभन्दै विज्ञप्तिमा भनिएको छ, ‘धारो चुलो छोएको निहुँमा, अन्तरजातीय विवाह गरेको आरोपमा दलित समुदायले निर्दयी पीडा
सहनु परेको छ । २१ औं शताव्दीमा आएर पनि यस्ता घटना हुनु मानव समुदायको लागि निकै लज्जित हो । यस्तै अवस्था रहे के दलित समुदाय सम्मान पूर्वक बाँच्न नपाउने हो त ? के दलित समुदाय सँधै पीडा र अन्यायमै पिल्सिरहनुपर्ने हो ?’केटा पक्षको घरमा आगो लगाएर भौतिक रुपमा घर र धनमाल नष्ट भएपनि यो सिँगो दलित समुदाय र उनीहरुको सहनशीलतामाथि आगो लगाउनु सरह हो भन्दै विज्ञप्तिमा यदि आगामी दिनमा यस्ता घटनाहरु निरुत्साहित नभए दलित समुदाय चुप लागेर नबस्न चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
समाजमा सिर्जित हरेक समस्याको समाधान गर्ने अन्य माध्यमहरुलाई बेवास्ता गर्दै घरमा आगो लगाउनु निकै पीडादायी घटना र मानवअधिकारको दृष्टिमा अमानवीय समेत भएकोले सो घटनाको सुक्ष्म र गम्भीर अनुसन्धान गरी संलग्नलाई हदैसम्मको कारबाही गर्न मग गरिएको छ । साथै घटनामा संलग्नलाई कुनैपनि बहानामा उम्काउने चेष्टा नगर्न पनि भन्दै आगामी दिनमा यस्ता घटनाहरुमा कमी ल्याउन, न्यूनीकरण गर्न राज्यका हरेक निकायले गम्भीर रुपमा कदम चाल्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


यसैगरी दलित महिला संघ सुर्खेतले पनि उक्त घटनाको निन्दा गर्दै मानवताविरोध काम गर्नेलाई कारबाहीको माग गरेको छ । संघले पनि विज्ञप्ति जारी गरी कानुन विपरित काम गर्ने कारबाहीको भागिदार हुनुपर्ने भन्दै गिडिखोला बस्तीका २८ दलित घर परिवारको सुरक्षा गर्न प्रशासनसँग आग्रह गरिएको छ । साथै पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउन पनि जोड दिइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap