१५ बैशाख २०८१, शनिबार

उद्यमका लागि बीऊ पुँजी वितरण

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
उद्यमका लागि बीऊ पुँजी वितरण
0 Shares

सुर्खेत ।
दलित महिला संघ सुर्खेतले दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउन वीऊ पुँजी वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा संस्थाले गठन गरेको समूहबाट छनौट भएका १० जनालाई २० हजार रुपियाँका दरले दुई लाख रुपियाँ वीऊ पँुजी रकम वितरण गरेको हो ।


वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष जनकबहादुर रावलले वीरेन्द्रनगर नगरपालिकालाई १० जनालाई बीऊ पुँजी रकम प्रदान गर्नुभयो । सो क्रममा उहाँले उक्त रकमलाई सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले अहिले संचालन भइरहेका उद्यममा उक्त वीउँ पुजीको रकमले थप गर्दा सहज हुने र थप आत्मनिर्भर बन्न सघाउ पुग्ने जनाउनुभयो ।
संस्थाले दलित महिलाहरुको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत दलित महिलालाई उद्यम विकास प्रवद्र्धनका लागि वीऊ पुँजी रकम प्रदान गरिएको परियोजना संयोजक खगिसरा वलीले बताउनुभयो । उहाँले सोमवार भेरीगंगा नगरपाकिाका १० जना महिलालाई उक्त वीउः पुँजी रकम वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष १० जनाले रकम रकम प्राप्त गरी विभिन्न उद्यम गरिरहेका छन् । वीरेन्द्रनगर र भेरीगंगामा यसवर्ष चार लाख रकम वीऊ पुँजीका रुपमा वितरण गरिने छ ।
रकम प्राप्त गरेपछि वीरेन्द्रनगर नगरपालिका—१३ करेखोलाकी बेलमति विकले खुद्रा पसलमा रकम थप गर्ने बताउनुभयो । उहाँले १० वर्षदेखि खुद्रा पसल संचालन गरिरहेको र यो रकमले ग्याँसमा लगानी गर्ने जनाउनुभयो । यस्तै वीरेन्द्रनगर—६ की अमृता थापाले उक्त रकम सब्जी मण्डिमा लगानी गर्ने बताउनुभयो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap