१६ बैशाख २०८१, आईतवार

एक वर्षमा ५० अपांगता भएकाहरुको पुनर्स्थापना

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
एक वर्षमा ५० अपांगता भएकाहरुको पुनर्स्थापना
0 Shares

सुर्खेत ।

सुर्खेतका चार वटा पालिकामा चालु आर्थिक वर्षमा ५० जना अपांगता भएकाहरु पुनस्र्थापना भएका छन् । आइएनएफ नेपाल सुर्खेतले साइनिङ अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाबाट यहाँको वीरेन्द्रनगर, गुर्भाकोट, पंचपुरी नगरपालिका तथा सिम्ता गाउँपालिकाका ५० जना अपांगता भएकाहरुलाई पुनस्र्थापना गरेको हो ।


शुक्रवार परियोजनाको एक वर्षे समीक्षा कार्यक्रमको आयोजना गर्दै आईएनएफ सुर्खेतका कार्यक्रम व्यवस्थापक ललित सारुले वीरेन्द्रनगरका २० जना, गुर्भाकोटका १२ जना, पंचपुरीका १० जना र सिम्ताका आठ जना गरी ५० जना अपांगता भएकाहरु पुनस्र्थापना भएको जानकारी दिनुभयो । यस्तै यी पालिकाका ५४ जनालाई सहायता सामग्रीहरु पनि उपलव्ध गराइएको छ । सो अवधिमा १८ वटा स्वास्थ्य संस्था, विद्यालयहरुलाई अपांगतामैत्री बनाउन सुधार गरिएको, २४ जनाालाई तीन महिने सीप विकास तालिम दिइएको, ४० जनालाई छोटो अवधिको तालिम दिइएको, १७७ जनालाई अपांगता परिचयपत्र प्रदान गरिएको जानकारी उहाँले दिनुभयो ।
३९ महिने अवधिको सो कार्यक्रमको पहिलो वर्षको बजेट एक करोड २८ लाख रहेकोमा एक करोड ३१ लाख रुपियाँ खर्च भएको व्यवस्थापक सारुले बताउनुभयो । आगामी वर्ष ६० जनालाई पुनस्र्थापना गर्ने योजना छ । यस्तै १० जनालाई सीप विकास तालिम, २० जनालाई छोटो अवधिको तालिमलगायत अन्य काम गर्ने लक्ष्य रहेको र त्यसका लागि एक करोड २७ लाख ३८ हजार बजेट रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले पालिकाहरुले अपांगता पुनस्र्थापनाका लागि अनिवार्यरुपमा बजेट विनियोजन गर्न र यदि छैन भनेर रकमान्तर गरेर भएपनि काम गर्न निर्देशन दिनुभएको छ । उहाँले यो परियोजना जिल्लाका चार पालिकामात्र नभइ सवै पालिकामा लागू गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख सचिन बडुवाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मी, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, उपाध्यक्ष गोमा शर्माले अपांगता भएकाहरुको पुनस्र्थापनाका लागि आईएनएफ सुर्खेतले गरेको कार्यको सह्राना गर्नुभयो । साथै उहाँहरुले आगामी दिनमा पनिय यस क्षेत्रमा सँगसँगै काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap