१६ बैशाख २०८१, आईतवार

पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता
0 Shares

सुर्खेत ।
पूर्णरुपमा शारीरिक अशक्त दैलेख भगवतीमाई गाउँपालिका—२ हाल वीरेन्द्रनगर नगरपालिका—११ का पिपिराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विहीवार बोहराको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशन अनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो । उहाँले प्रशासनले शारीरिक पूर्ण अशक्त अपांगता भएकाहरुलाई उमेर पुगेपछि खोजी खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा तीन जना अशक्तहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो । शितला मस्तिष्क पक्षघातबाट अशक्त बन्नु भएको हो । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला आजकल उभिन नसकी बसिरहने गरेको आमा भगवती बोहराले बताउनुभयो । राष्ट्रिय अपांग महासंघको सहजीकरणमा शितलालाई नागरिक प्रदान गरिएको हो । महासंघका जीतलाल ढकालका अनुसार शितलाले क श्रेणीको रातो अपांगता परिचयपत्र प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap