१४ बैशाख २०८१, शुक्रबार

कर्णालीका महिला पाठेघर खस्ने समस्याको जालोमा

अर्थ कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीका महिला पाठेघर खस्ने समस्याको जालोमा
0 Shares

सिर्जना बुढाथोकी ।

सुर्खेतको वीरेन्द्रनगर—९ की कमला पन्तको पहिलो पटक महिनावारी नहुँदै विवाह भयो । १३ वर्षको उमेरमा भागी विवाह गरेकी उहाँमा पहिलो महिनावारी भए लगत्तै गर्भाधारण भयो । उमेरले १५ नपुग्दै छोरीलाई जन्मदिनुभयो र उहाँ अपरिपक्क आमा बन्नुभयो । त्यसको दुई वर्षमा पुनः उहाँले छोरालाई जन्म दिनुभयो । सानै उमेरमा विवाह गरेर बच्चा जन्माउनुभएकी उहाँ अहिले टुक्रुक्क बस्न देखी धेरैै काम केही गर्न सक्नुहुन्न ।

‘पिर्का, कुर्सी भनई बस्न सक्दिन, आङै बाहिरै आउलाझंै हुन्छ’, उहाँले भन्नुभयो,‘समस्या धेरै हुन्छ तर चेक गराएकी छैन्, लाज लाग्छ ।’ एकपटक शिविरमा चेक गर्दा पाठेघर तल झरिसकेकाले अप्रेशन गर्ने डाक्टरको सुझाब आएपछि पुनः फर्किएर अस्पताल नगएको उहाँले बताउनुभयो ।
उमेर नपुगेरै विवाह गर्ने अनि सन्तान जन्माउने महिलाहरु अधिकांशलाई पाठेघर सम्बन्धि समस्या हुने गरेको छ । महिलाको अस्तित्वसँग जोडिएको पाठेघरको सुरक्षामा हेल्चेक्राई हुँदा यो समस्या हुने गरेको छ । गर्भवती वा सुत्केरी अवस्थामा गह्रौं भारी उचाल्नु, बोक्नु, आराम, स्याहार, पोसिलो खाना नपाउनुलगायत कारण कर्णाली प्रदेशका २३ प्रतिशत महिलामा आङ्ग (पाठेघर) खस्नेसमस्या देखिएको छ ।
सुर्खेतकै गुर्भाकोट नगरपालिकाकी दिपा विकको अनुभव पनि यस्तै छ । सानै उमेरमा आमा बन्नुभएकी दिपा पनि पाठेघरको समस्या हुदा पनि स्वास्थ्य संस्थामा जान हिचकिचाहट हुने बताउनुहुन्छ । ‘हामी गाँउघरका महिलाहरु अधिकांशमा यस्तो समस्या छ तर यसबारेमा खुलेर कुरा गर्न पनि लाज लाग्छ’, उहाँले भन्नुभयो, ‘उपचारमा लाग्ने आर्थिक समस्याका कारण पनि चेकजाँच नगराउने पनि छन् ।’
गुर्भाकोटकै जुना श्रीस पनि यो समस्या अधिकांश महिलालाई भएपनि उपचार गर्न लजाउनाले झनै समस्या बल्झिएको बताउनुहुन्छ । यस्तो समस्याका बारेमा कुरा गर्न श्रीमान् भन्दा नजिकको कोहि नहुने तर श्रीमान्ले पनि यसमा वास्ता नगर्दा समस्या लुकाउने बाध्य भएको उहाँको भनाई छ । ‘सानो उमेरमा विवाह भयो, छोराकै आशमा धेरै बच्चा जन्माउनुपर्ने बाध्यता महिलालाई छ’, उहाँले भन्नुभयो, ‘हामीलाई घाँस, दाउरा जस्ता गाह्रो भारी बोक्ने काम संगै नियमित स्वास्थ्यको जाँच गराउनुपर्छ भन्ने ज्ञानको कमि छ ।’
कर्णाली प्रदेशका २३ प्रतिशत महिला अहिले पाठेघरको समस्याले पिल्सिएका छन । उपचार अभावमा ग्रामीण क्षेत्रका अधिकांश महिलामा जटिल पाठेघरको समस्या देखिने गरेको छ । कर्णालीमा १९ प्रतिशत किशोरी २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुने गरेको छन् । पाठेघर समस्याका बारेमा भन्न लजाउने, स्वास्थ्य संस्थामा जान हिचकिचाउने र आर्थिक अवस्थाले चेकजाँच गराउन नसकेकाले समस्या बल्झिएर आएको स्थानिय महिलाहरुले बताएका छन । उमेर नपुगि विवाह गरेका महिलाहरुमा पाठेघर सम्वन्धि समस्या भएपनि उपचार गर्न लजाउने गरेकाले पाठेघर निकाल्नु पर्ने सम्मको अवस्थामा पुगेका छन ।
कम उमेरमा विवाह गर्ने महिलालाई परिवारबाट बच्च जन्माउन दावाव हुने भएकाले पनि अधिकांश महिलाहरुमा पाठेघर सम्वन्धि समस्यमा धेरै भएको एपिएफ अस्पताल बाँकेका गाइनोलोजी अन्कोलोजिष्ट डा. सौजन्य कर्माचार्यको भनाइ छ । ‘अधिकांश पाठेघर समस्या भएका महिलाहरु उपचार गर्न लाज मान्ने कारण उपचारमा समस्या भएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘अहिले पनि बालविवाह भइरहेकाले उपचारमा आउने अधिकांश महिलाहरुमा प्रजनन् स्वास्थ्यमा समस्या देखिएको छ ।’ आफुले उपचार गर्ने क्रममा १६ वर्षकै उमेरमा पाठेघर फाल्नुपर्ने समस्या भएकासम्म विरामी भेटेको उहाँले बताउनुभयो । यस्ता समस्या देख्दा भित्रभित्रै लुकेर रहेका यस्ता समस्या कति होला भन्ने प्रश्न आफूमा उब्जिएको उहाँको भनाई छ ।
कर्णालीमा प्रसुति केन्द्रमा सन्तान जन्माउने महिलाको संख्या ५७ प्रतिशत छभने ४५ प्रतिशत महिलाले मात्र गर्भनिरोधका साधन प्रयोग गर्ने गरेका छन । कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङकमा उल्लेख भएको अधिकारकर्मी गीता कोइराला बताउनुहुन्छ । ‘कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ, अब त शिक्षाको पहुच पनि त बढिसक्यो’, उहाँले भन्नुभयो, ‘बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखा परेकै छ ।’ कलिलै उमेरमा सन्तान जन्माउदा शारिरीक मात्रै होइन मानसीक अवस्थामा पनि समस्या ल्याउछ भन्ने चेतना किन नआएको होला भन्ने लाग्ने अधिकारकर्मी कोइरालाको बताउनुहुन्छ । बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको, छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको छ । तर त्यसको गतिलो कार्यान्वय हुन नसक्दा उमेर नपुगि आमा बनेका महिलाहरुलाई प्रजनन स्वास्थ्यमा जटिल समस्या हुने गरेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap