१४ बैशाख २०८१, शुक्रबार

आर्थिक वर्ष २०७९÷८० का लागि कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
आर्थिक वर्ष २०७९÷८० का लागि कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट आव २०७८÷०७९ भन्दा चार अर्ब कम हो ।


प्रस्तुत बजेटमा चालुतर्फ नौ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार अर्थात ५९.५९ प्रतिशत रहेको छ । बजेटले केही अघिल्लो योजना तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले यस वर्ष भौतिक पूर्वाधारहरुलाई प्राथकिता दिँदै अधुरा योजना सम्पन्न गर्ने वर्षको रुपमा लिएको छ । सडक, सिंचाई, कृषि, स्वास्थ्य, शिक्षालगायतको सन्तुलित विकास गरि तिव्र आर्थिक विकास गर्ने र उद्योग, पर्यटन, कृषिमार्फत बहुआयमिक गरिबी न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरण गरी लगानी सम्मेलन गर्ने लगायतका योजना बजेटमा छन् ।

बजेटकाे पूर्णपाठBudget-2079_080-for-Web-1655293032 karnali

Leave a Reply

Share via
Copy link
Powered by Social Snap