१३ बैशाख २०८१, बिहीबार

अति विपन्न परिवारलाई तीन महिना पुग्ने खाद्यान्न सहयोग

अर्थ कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
अति विपन्न परिवारलाई तीन महिना पुग्ने खाद्यान्न सहयोग
0 Shares

सुर्खेत ।

सुर्खेतका चार वटा नगरपालिकाका बादी तथा अति विपन्न एक सय परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न राहत सहयोग गरिएको छ । बुधवार वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को झुप्राखोलाका वादी समुदाय र वीरेन्द्रनगर १ का अति विपन्न गरी २५ जना परिवारलाई तीन महिना पुग्ने खाद्यान्न सहयोग गरिएको हो ।


दलित महिला संघ सुर्खेत, जुरी नेपालले युएन वुमनको सहयोगमा आघातपछिको सशक्तिकरणको बाटो परियोजनामार्फत वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका २५÷२५ जना गरी कूल एक सय जना अति विपन्न, सीमान्तकृत समुदायलाई राहत सहयोग गरिनेछ । राहत सहयोगमा चामल, दाल, नुन, तेल, चना, चिनी, साबुन, डिटोल, सोडा, ग्याँस सिलिण्डर, चुल्हो र मोबाइल गरी १४ प्रकारका सामग्री रहेको दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले बताउनुभयो ।
उहाँले तीन महिनासम्मको राहत सहयोगले अति विपन्नले काम गर्दा केही रकम बचत गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले यो राहत सहयोग गरिएको जनाउनुभयो । उहाँले वडाबाट त्यस्ता अति विपन्न समुदाय छनौट गरेर पारदर्शीरुपमा राहत सहयोग गरिएको जानकारी दिनुभयो ।
राहत प्रदान गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटाले सशक्तिकरण गराउनका लागि प्रदान गरिएको राहतको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले एकैपटक १४ प्रकारका सामग्री राहतम उपलव्धी गराउने निकायप्रति धन्यवाद दिँदै आगामी दिनमा निरन्तरता दिइ दलित, अति सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।


परियोजनाका संयोजक सीता नेपालीले दलित महिला, अपांगता भएका, एकल महिला तथा अति विपन्न परिवार वडाको सिफारिसमा छनोट गरेर राहत सहयोग गरिएको बताउनुभयो । वीरेन्द्रनगरपछि लेकबेसी, भेरीगंगा र गुर्भाकोट नगरपालिमा सो राहत वितरण गरिने उहाँको भनाइ छ । राहत वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का निवर्तमान वडाअध्यक्ष नन्दलाल शर्मा, वडा नं. ६ का वडा सदस्य मिरा बोहरा, पत्रकार महासंघका अध्यक्ष ललित बसेललगायतले पनि राहतलाई सुदपयोग गर्न सुझाव दिनुभएको थियो । यसअघि पनि संस्थाले कोरोनाको समयमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु राहत सहयोग गरेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap