१६ चैत्र २०८०, शुक्रबार

सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्व

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्व
0 Shares

सुर्खेत ।
सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्वमा २४ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । गत आइतवार भएको निर्वाचनको मतपरिणाम मङ्गलवार राती सकिएपछि कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

कँडेल ९११ मत प्राप्त गरी बिजयी हुनुभएको होभने उहाँको प्रत्यासी हर्षविक्रम खड्काले ८६३ मत प्राप्त गर्नुभएको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
यसैगरी महिला सदस्यमा कीर्ति शाक्य गुभाजु र लक्ष्मीकुमारी तिवारी शर्मा, सदस्यहरुमा अजय गुरुङ, अर्जुनजंग शाही, गणेश खड्का, दिपक खड्का, पहलसिंह बस्याल, बिन्द्रप्रसाद जैसी, बुद्ध तामाङ, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण खत्री (देवकोटा), सागर भुसाल, एशोसियट सदस्यमा जनकबहादुर थापा र आरक्षित सदस्यमा सन्तोषकुमार बराईली निर्वाचित हुनुभएको छ ।
यसअघि महासचिव बन्नुभएका कँडेल अध्यक्षमा निर्वाचित भएपछि सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक अधिकारको वकालत गर्दै व्यवसायीहरुलाई आइपरेका समस्याहरु समाधानमा आफ्नो टिम क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि भएकोले यहाँ लगानी आकर्षित गर्न, विद्यतुको समस्या समाधान गर्नका लागि संघको भूमिका थप सक्रिय हुने जनाउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap