१४ बैशाख २०८१, शुक्रबार

पश्चिम सुर्खेतको विकास निर्माण र नाकाको अनुगमन

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
पश्चिम सुर्खेतको विकास निर्माण र नाकाको अनुगमन
0 Shares

सुर्खेत ।
पश्चिम सुर्खेतको विकास निर्माण तथा कर्णाली प्रदेश प्रवेश गर्ने नाकाको जिल्लाका उच्च सरकारी अधिकारीहरुले अनुगमन गरेका छन् । मंगलवार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा बराहताल गाउँपालिकालेखि चौकुने गाउँपालिका हुँदै कर्णाली प्रदेश प्रवेश गर्ने नाका कुइनेमा स्थापना गरिएका सहायता कक्ष र होल्डिङ सेन्टरको अनुगमन गरिएको हो ।


बराहतालको बड्डिचौरदेखि गुटु सडक, बड्डिचौरमा रहेको प्रहरी चौकी, पञ्चपुरी नगरपालिकाको भवन, सोही स्थानको इलाका प्रशासन कार्यालय, गुटुमा रहेको सशस्त्र प्रहरीको बेसक्याम्प, गुटुदेखि कर्णाली जोड्ने सडक र पुल, सुर्खेतदेखि कैलाली जोड्ने दुई वटा पुल, सुर्खेतको चौकुनेदेखि पंचपुरी जोड्ने भेरी नदी पुल, सुर्खेतको नाका कुइनेमा स्थापना गरिएको स्वास्थ्य परीक्षण तथा सहायता कक्ष, जामुमा रहेको होल्डिङ सेन्टरको टोलीले अनुगमन गरिएको थियो ।
अनुगमनमा क्रममा बड्डिचौर—गुटु सडक बाह्रै महिना संचालन हुन नसक्दा सर्वसाधारणले दुःख पाएको, इलाका प्रशासन कार्यालयमा जनशक्ति कम हुँदा प्रभावकारी सेवा प्रवाह हुन नसकेको, मानिसहरुको भीड बढी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो देखिएको पाइएको छ । यस्तै सुर्खेत र कैलाली जोड्ने पक्की पुलको काम धमाधम भइरहेको र यसै आर्थिक वर्षभित्र पुल निर्माण भए पश्चिमको विकासले गति लिने देखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । यस्तै कुइनेमा स्थापना गरिएको स्वास्थ्य परीक्षण तथा सहायता कक्षले नाका प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्ने गरिएको र यसबाट कोरोनाका विरामी भए नभएको पत्ता लाग्न सहज हुने उहाँले जनाउनुभयो । जामुमा रहेको होल्डिङ सेन्टरमा कोरोनाका विरामीहरु नभएको पाइएको उहाँको भनाइ छ ।
सर्वसाधारणले विकास निर्माणको चाहना बढी राखेको र स्थानीय तहहरुले आशातित उक्त चाहना पूरा गर्न नसकिएको पाइएको छ । प्रजिअ रिजालले सीमित साधन र स्रोतका वीच पनि स्थानीय तहहरुले आफ्नो क्षमता अनुसार काम गरिरहेको पाइएको बताउँदै विकासको गति अझ बढाउनुपर्ने सुझाव दिनुभयो । साथै विकासको काममा आपसी समन्वय र सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा प्रजिअ रिजालसहित सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्ट, सशस्त्र प्रहरी प्रमुख एसपी विमल डाँगी, अनुसन्धानका एसपी जयन्त उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामबहादुर बुढा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललगायत हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालय कार्यालयका सूचना अधिकारी रामबहादुर बुढाले पश्चिम सुर्खेतको विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको प्रत्यक्ष रुपमा निरीक्षण गरी सोही अनुसारको निर्देशन तथा समन्वय गर्न अनुगमन गरिएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap