८ बैशाख २०८१, शनिबार

महिला अभियन्तालाई मनोसामाजिक परामर्श तालिम

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
महिला अभियन्तालाई मनोसामाजिक परामर्श तालिम
0 Shares

सुर्खेत ।
जिल्ला अग्रपंक्तिमा रहेका दलित महिला अभियन्ताहरुलाई लक्षित गरी मनोसामाजिक परामर्श तालिम दिन सुरु गरिएको छ । दलित महिला संघ सुर्खेतले आइतवारदेखि वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दलित महिला अभियन्ताहरुलाई सो तालिम दिन सुरु गरेको हो ।


मंगलवारसम्म संचालन हुने तालिममा आवाज संस्थाका सिनियिर मनोविमर्शकर्ता निशा पौडेलले सहजीकरण गर्नेछिन् । परामर्श तालिमको उद्घाटन गर्दै दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले यो तालिमले अग्रपंक्तिमा खटिने महिला अभियन्ताहरुलाई समुदायमा तनाव व्यवस्थापन गर्न कमी आउने विश्वास व्यक्त गरिन् । उनले तालिम लिएका अभियन्ताहरु समुदायमा मनोसामाजिक सल्लाहकारका रुपमा परिचालन गरिने बताइन् ।
दलित महिला संघका सचिव खगिसरा वलीले संस्थाले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा गठन गरेका समूहका अगुवा अभियन्ताहरुलाई प्रशिक्षणमा सहभागी गराइएको जनाइन् । उनका अनुसार प्रशिक्षणमा २५ जना सहभागी छन् । प्रशिक्षणमा मनोबैज्ञानिक समस्याको कारण, नतिजा र व्यवस्थापन, लैंगिक हिँसा, रिस र सामना, आत्म हेरचाहलगायतका विषयमा सहजीकरण गरिने उनले बताइन् ।
संघद्वारा संचालन गरिएको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना संयोजक सीता नेपालीले अगुवा महिला अभियन्ताहरुका लागि प्रशिक्षण लाभदायी हुने बताइन् । समुदायमा तनाव भोगेकाहरुलाई मनोसामाजिक समस्याबाट बाहिर ल्याउन प्रशिक्षण सहयोगी सावित हुने उनको भनाइ छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap