१६ चैत्र २०८०, शुक्रबार

अगुवा महिला अभियन्तालाई नेतृत्व विकास प्रशिक्षण

कर्णाली प्रदेश शिक्षा / स्वास्थ्य समाचार
अगुवा महिला अभियन्तालाई नेतृत्व विकास प्रशिक्षण
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका अगुवा महिला अभियन्ताहरुलाई नेतृत्व विकास तथा जनवकालत प्रशिक्षण दिइएको छ । दलित महिला संघले यी दुई पालिकामा संचालन गरेको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत सो प्रशिक्षण दिएको हो ।


आइतवारदेखि सुरु भएको प्रशिक्षणमा दुई पालिकाका २५ जना अगुवा महिला अभियन्ताहरुको सहभागिता रहेको छ । उनीहरुलाई नेतृत्व विकासको अवधारणा, नेतृत्वको आवश्यकता, नेतृत्वका प्रकार, भूमिकाका साथै जनवकालत, जनवकालत गर्ने प्रक्रिया, भाषण कला र अगुवा महिला अभियन्ताहरुको जिम्मेवारीका वारेमा प्रशिक्षण दिइने दलित महिला संघका सचिव खगिसरा वलीले बताउनुभयाे ।
संघका परियोजना संयोजक सीता नेपालीले अगुवा महिला अभियन्ताहरुलाई प्रशिक्षणका मध्यमबाट सशक्त बनाएर आफ्नो गाउँ समाजमा क्रियाशील बनाउने उद्देश्य रहेको जनाउनुभयाे भने संघका सदस्य सपना सुनारले प्रशिक्षणबाट लाभ लिन आग्रह गर्नुभयाे ।
प्रशिक्षण आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीसहित संघका सचिव खगिसरा वली र कार्यक्रम संयोजक सीता नेपालीले सहजीकरण गर्नुहुनेछ । यसअघि पनि उक्त तालिम संचालन भइसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap