१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन शीर्ष नेतृत्वकाे ध्यानाकर्षण

कर्णाली प्रदेश मुख्य समाचार समाचार
आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन शीर्ष नेतृत्वकाे ध्यानाकर्षण
0 Shares

सुर्खेत ।
नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीको आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार एक अपिल जारी गर्दै रेग्मीले आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने आर्थिक चलखेल, गुण्डागर्दी र अराजक गतिविधिजस्ता क्रियाकलापले पार्टी संगठन र कार्यकर्तालाई संगठित होइन, द्वेष र बदलाको भाव उत्पन्न हुने भएकोले यस्ता गतिविधिविरुद्ध पार्टीका शीर्ष नेतृत्वले गम्भीर मनन् गर्न ध्यानाकर्षण गराएका हुन् ।


लोकतन्त्रको आधारको रुपमा रहेको पार्टीको आन्तरिक निर्वाचन पार्टी सुदृढिकरणको महत्वपूर्ण चरण भएको भन्दै अपिलमा जुन प्रक्रियाले पार्टीभित्र आन्तरिक लोकतन्त्र, आपसी एकता, सद्भाव र सम्बन्धको दायरालाई मजबुद बनाउन सहयोग पुग्ने भएपनि लोकतान्त्रिक आचरण विपरितका गतिविधिहरुले एकता होइन बदलाको भाव आउन सक्ने हुँदा त्यसतर्फ सजग रहन अपिल गरिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा उल्लेखित सवैखाले गतिविधिहरुका बाबजुद निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने नेता कार्यकर्ता, उद्योगी व्यापारी, शुभचिन्तकका साथै निर्वाचनमा खटिने निर्वाचन अधिकृत, मतदान अधिकृत सवैलाई निवर्तमान सभापति रेग्मीले विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पार्टीको आन्तरिक निर्वाचनबाट वडा, गाउँ नगर, प्रदेश क्षेत्र, निर्वाचन क्षेत्र र जिल्ला तहमा निर्वाचित नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै उहाँले निर्वाचनका क्रममा प्राप्त मत परिणामलाई स्वीकार गर्नु लोकतान्त्रिक संस्कार भएको जनाउनुभएको छ । साथै निर्वाचनको परिणामबाट रत्तिभर विचल्लित नभइ पार्टी सुदृढिकरण, संगठन विस्तार, विकास निर्माण एवं जनताको सेवामा थप सक्रिय रहन प्रतिवद्धतासमेत अपिलमार्फत उहाँले गर्नुभएको छ । आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेसका सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई उच्च मनोबल र ऊर्जाका साथ पार्टी सुदृढिकरण र संगठन विस्तारमा लाग्न आव्हान गरिएको छभने आफ्नो कार्यकालयमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने पार्टीका अग्रज नेता, कार्यसमिति पदाधिकारी, सदस्यहरु र आस्थावान आस्थावान शुभचिन्तकहरुलाई निवर्तमान सभापति रेग्मीले उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
यसैवीच आन्तरिक निर्वाचनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई बधाइ दिदैं पार्टीको माइन्युट र चावी हस्तान्तरण गरिएको छ । निवर्तमान सभापति रेग्मीले नवनिर्वाचित सभापति खड्ग पोख्रेललाई सोमवार माइन्युट र चावी हस्तान्तरण गर्नुभएको छ । उहाँले आफ्नो कार्यकार्यमा सवैको सहयोग प्राप्त भएको, पार्टीको घर निर्माणमा स्वर्गीय नेताा एवं पूर्वसभापति तप्तबहादुर विष्ट, पूर्व मन्त्री हृदयराम थानीलगायतका नेताहरुको अतुलनीय योगदान रहेको स्मरण गर्दै आगामी दिनमा सवै नेता कार्यकर्ताहरुलाई समेट्न नयाँ नेतृत्वलाई सुझाव दिएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap