१७ बैशाख २०८१, सोमबार

आधारभूत पत्रकारिता तालिम समापन

कर्णाली प्रदेश समाचार
आधारभूत पत्रकारिता तालिम समापन
0 Shares

सुर्खेत ।
यही मंसिर ८ गतेदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिम मंगलवार समापन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र मिडिया अलर्टको आयोजना तथा पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा तालिम भएको थियो ।


तालिमका प्रशिक्षक एवं पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले तालिममा सिकेका बुँदाहरुलाई व्यवहारमा लागू गर्न सुझाव दिनुभयो । उहाँले पत्रकारिता पेशामा दक्षता हासिल गर्न तालिममा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकारितामा आउन चाहने प्रशिक्षार्थीहरुका लागि यस्ता तालिमको आयोजना गर्न पनि आग्रह गर्नुभयो ।


नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम व्यवस्थापक संघर्ष पन्तले आधारभूत पत्रकारिता तालिमपछि थप अर्को क्षमता अभिवृद्धि तालिम पनि गरिने जानकारी दिनुभयो । उहाँले एक हप्ताको अवधिमा पत्रकारिताको आधारभूत सिद्धान्तको वारेमा प्रशिक्षण दिइएको बताउँदै आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप क्रियाशील रहन सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले जिल्लाको पत्रकारितालाई अगाडि बढाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमका सहभागी अस्मिता बादी र जगत खत्रीले तालिम फलदायी भएकोले पत्रकारितालाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताउनुभयो । सुर्खेतका विभिन्न संचारमाध्यममा कार्यरत करिव ४० जना पत्रकारहरुको सहभागिता रहेको तालिमको सहजीकरण महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap