१६ चैत्र २०८०, शुक्रबार

बहराइनमा नेपाललाई एतिहासिक तीन पदक

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार समाचार
बहराइनमा नेपाललाई एतिहासिक तीन पदक
0 Shares

सुर्खेत ।
बहराइनको मनामामा भइरहेको यशियन युथ पारा गेम्स २०२१ मा नेपाली पारा तेक्वान्दो खेलाडीहरुले ऐतिहासिक पदक हासिल गर्न सफल भएका छन् ।

सो खेलमा नेपालले एक स्वर्ण, एक रजत र एक काँस्य पदक जितेर नेपालका लागि इतिहास कायम गर्न सफल भएका हुन् । सन् १९९८ मा भएको एशियन गेम्समा नेपाली तेक्वान्दो खेलाड़ी सविता राजभण्डारीले रजत पदक प्राप्त गरे यता नेपाली तेक्वान्दो खेलमा एसियली खेलकुदबाट जितेको अहिलेको ठूलो पदक हो ।
यस प्रतियोगितामा पारा ओलम्पियन पलेसा गवद्र्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक र विशाल गर्वुजाले कांस्य पदक जित्न सफल भएको बहराइनबाट व्यवस्थापक एवं राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य नन्दा बस्यालले जानकारी दिनुभयाे । पलेसाले इरानी खेलाडी इब्राहिम रोजालाई पराजित गरी स्वर्ण पदक जित्नुभएकाे हाे ।
उक्त खेलमा बहराइनका कार्यवाहक राजदूत अरुणा घिसिङले खेल अवलोकन गरी विजेता खेलाड़ीहरूलाई हौसला तथा बधाईसमेत दिएको उहाँले जनाउनुभयाे । प्रतियोगितामा खेलाडीसहित व्यवस्थापक बस्याल र प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनुहुन्थ्याे ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap