१५ चैत्र २०८०, बिहीबार

जिल्ला फुटवल लिग मंसिर २१ देखि

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश समाचार
जिल्ला फुटवल लिग मंसिर २१ देखि
0 Shares

सुर्खेत ।
सुर्खेत जिल्ला फुटवल संघले जिल्ला फुटवल लिग यही मंसिर २१ गतेदेखि संचालन गर्ने भएको छ । संघका अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले यही मंसिर २१ गतेदेखि जिल्ला फुटवल लिग संचालन गर्ने निर्णय गरेको हो ।


लिगमा सहभागी हुनका लागि क्लवहरु अनिवार्यरुपमा जिल्ला खेलकुद विकास समिति र जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ पान नं. लिनुपर्नेछ । यस्तै सहभागी क्लवको अनिवार्यरुपमा बैंक खाता हुनुपर्नेछभने यही मंसिर १५ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।
यस्तै लिगलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । चन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता संचालन उपसमिति, चन्द्रप्रकाश शाहीको संयोजकत्वमा रेफ्री उपसमिति, नवीन भण्डारीको संयोजकत्वमा फिल्ड व्यवस्थापन उपसमिति, गणेशकुमार कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, गोपाल खड्काको संयोजकत्वमा आर्थिक उपसमिति र प्रमोद हमालको संयोजकत्वमा जुरी उपसमिति गठन गरिएको छ ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap