१७ बैशाख २०८१, सोमबार

सेभ द चिल्डे«नद्वारा एक कराेड बढीकाे स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
सेभ द चिल्डे«नद्वारा एक कराेड बढीकाे स्वास्थ्य सामग्री सहयोग
0 Shares

सुर्खेत ।

सेभ द चिल्डे«नले कोभिड –१९ संक्रमण रोकथामका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड बढीको स्वास्थय सामग्री सहयोग गरेको छ । सेभ द चिल्डे«नको मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले शुक्रबार कर्णाली प्रदेश सरकारलाई एक करोड ३६ लाख ७० हजार मूल्य बराबरको स्वास्थय सामग्री हस्तान्तरण गरेको हो ।

यसमा दुई थान भेन्टिलेर, तीन हजार ४७४ सेट पीपीई, आठ थान अक्सिजन कन्सन्ट्रेटरलगायत अन्य कोभिड सम्बन्धि स्वास्थ सामग्रीहरू रहेको छ । यी सामग्रीले कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने जनाइएको छ ।
सेभ द चिल्डे«नको तर्फबाट एसोसिएट डाइरेक्टर धन भुसालले ती भेन्टिलेटरहरु सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई हस्तान्तरण गर्दै सामग्रीहरु प्रदेश अस्पतालको प्राथमिकता अनुसार प्रयोगमा आउने विश्वास व्यक्त गरे । भुसालले आईसीयू भेन्टिलेटरको अभावका कारण पछिल्ला समयहरूमा धेरै जना बिरामीहरूले उपचार पाउन नसकेको अवस्थामा भेन्टिलेटरको अभाव हुनसक्ने सम्भावनालाई सम्बोधन गर्न सेभ द चिल्डे«नले भेन्टिलेटर उपलब्ध गराएको बताए ।
मन्त्री बुढाक्षेत्रीले कोभिड महामारीको समयमा कर्णाली प्रदेशलाई गरेको सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गरे । साथै सहयोगले कोभिड रोकथाम, ब्यवस्थापन र नियन्त्रणका लागि सहयोग पुग्ने जनाए ।
सेभ द चिल्डे«नको मध्य तथा सुदूर पश्चिम फिल्ड कार्यालयले कोभिड–१९ को दोश्रो लहरको समयमा संक्रमण नियन्त्रणको सहयोग स्वरुप बिभिन्न परियोजनामार्फत कर्णाली प्रदेशका बिभिन्न तहमा रहेका स्वास्थ्य संस्थाहरूलाई हालसम्म रु तीन करोड ८६ लाख ९६ हजार बराबरको सहयोग प्रदान गरिसकेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap