१८ बैशाख २०८१, मंगलवार

सुर्खेतमा नक्कली रुपियाँ छ्याप्छ्याप्ती

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाचार
सुर्खेतमा नक्कली रुपियाँ छ्याप्छ्याप्ती
0 Shares

सुर्खेत ।

गत भदौको महिनाभर वीरेन्द्रनगर बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला परेका छन् । किनमेलका क्रममा चार ठाउँबाट एक हजार रुपियाँका चार वटा नक्कली रुपियाँ फेला परेपछि बजारमा नक्कली रुपियाँ फैलिइसकेको अनुमान छ ।

वीरेन्द्रनगर बजारमा पान व्यवयासी मनोज साहको पसलमा ग्राहकले भदौ दोस्रो साता एक हजार रुपियाँको नोटबाट सामान खरिद गरेका थिए । पसलमा श्रीमती बसेका कारण उक्त रुपियाँ दिने व्यक्तिको पहिचान गर्न नस केको साहले बताउनुभयो । आफूले उक्त नोट सुरक्षित राख्दै अन्य सर्वसाधारणलाई नक्कली नोट यस्तो हुन्छ भनेर सचेत गराउनुभएको छ ।
यस्तै वीरेन्द्रनगर—४ का दिलमाया सोडारीको पसलमा पनि सामान किन्न आउने ग्राहकले नक्कली एक हजार रुपियाँको नोट छोडेका थिए । साँझको समय हुँदा सक्कली नै नोट भनेर उहाँले राख्नुभयो । सव्जी मण्डीमा तरकारी लिन गएपछि संचालकलाई दिँदा त्यो नोट नक्कली भएको थाहा उहाँले पाउनुभयो । आफूलाई मोटरसाइकलमा आएका दुई जना युवाले उक्त नोट दिएको सोडारीले बताउनुभयो ।

यसैगरी सुर्खेतस्थित राष्ट्रिय बाणिज्य बैंकमा पनि एउटा नक्कली नोट फेला परेको छ । बैंकका सुर्खेत प्रवन्धक लिलाराम ढुंगानाले करिव दुई महिना यता नक्कली नोट भित्रिएको आशंका गर्नुभएको छ । उहाँले बैंकमा नक्कली नोट सटही गर्न आउनेलाई प्रहरीमा खबर गरेर बुझाइसकेको जानकारी दिदैं सर्वसाधारणलाई सचेत रहन सुझाव दिनुभयो । नक्कली नोटको अनुसन्धान गर्न प्रशासन तथा राष्ट्र बैंकसम्म जानकारी गराइसकेको उहाँको भनाइ छ ।
यता वीरेन्द्रनगर बजारमा नक्कली नोटको विगविगी बढ्न थालेपछि प्रहरी प्रशासनले अनुसन्धानलाई कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नक्कली नोट रहेका एक जनालाई पक्राउ गरिसकेको र अन्यको पनि खोजी तथा अनुसन्धान थालिइसकेको बताउनुभयो । चाडपर्वको बेला पैसामाथि धेरै ध्यान दिने नगर्दा सक्कली नोटको वीचमा नक्कली नोट मिसाउने गरेको पाइन्छ । रुपियाँ लिँदा राम्ररी हेरेर लिन बैंक तथा प्रशासनले आग्रह गरेको छ ।
कसरी चिन्ने नक्कली नोट ?
राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रवन्धक लिलाराम ढुँगानाले सर्वसाधारणहरुलाई नक्कली र सक्कली नोट चिन्न सकिने केही टिप्स दिन्छन् ।
— नक्कली नोटको दाँया भागको सेतो खाली भागमा लालीगुराँसको पानीछाप हुँदैन ।
— सक्कली नोटमा रहेको चाँदीको रेखानेर एमआरपी भनेर लेखिएको हुन्छ तर नक्कलीमा त्यो लेखिएको हुँदैन ।
— सक्कली नोटमा चाँदीको रेखा झैं देखिने झिलझिले माथिदेखि तलसम्म हुन्छ तर नक्कलीमा त्यो रेखा हुँदैन ।
— सक्कली नोटमा बायाँ भागमा भगवतीको चित्र हुन्छ, जुन हातको औंलाले छुँदा प्रष्ट थाहा हुन्छ तर नक्कली नोटमा त्यो चित्र छुँदा पत्ता लाग्दैन । दृष्टिविहीनहरुलाई यही चित्र छामेर नोट चिन्न सहज हुनेछ ।
— नक्कली नोटको आकार सक्कली भन्दा केही सानो हुन्छ ।
— सक्कली नोटको रङ उज्यालो र कडा खालको हुन्छ तर नक्कली नोटको रङ हल्का र खुइलिएको जस्तो देखिन्छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap