३ जेष्ठ २०८१, बिहीबार

नबिल बैंकको दशैं अफर

अर्थ प्रदेश समाचार
नबिल बैंकको दशैं अफर
0 Shares

सुर्खेत ।
नबिल बैंकले यस वर्षको दशैंलाई लक्षित गरी दशैं अफर ल्याएको छ । नेपालीहरुको ठूलो चाड दशैंलाई ध्यानमा राख्दै शुक्रवारदेखि बैंकले व्यक्तिगत मुद्धति खातामा आकर्षक योजना शुरू गरेको हो ।


बैंकद्वारा जारी विज्ञप्तिमा यस योजना अन्तर्गत एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्धति खातामा बार्षिक ९.२६ प्रतिशत ब्याजदर जसमा ०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने उल्लेख छ । नेपालीहरूको मेहेनतले कमाएको रकम राख्ने व्यक्तिगत मुद्धति खाताहरूमा उच्च ब्याज दर प्रदान गरिएको बैंकको उद्देश्य रहेको जनाइएको छ ।
देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र एक हजार पाँच सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सœजाल मार्फत बैंकले निरन्तर गुणस्तरीय सेवा प्रवाह गरेको दावी गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap