२० बैशाख २०८१, बिहीबार

सुर्खेतपत्र दैनिक ११ औं वर्षमा

कर्णाली प्रदेश मुख्य समाचार समाचार
सुर्खेतपत्र दैनिक ११ औं वर्षमा
0 Shares

सुर्खेत ।
सुर्खेतबाट प्रकाशित सुर्खेतपत्र दैनिक शुक्रवारदेखि १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज १ गतेदेखि सो दैनिकले आफ्नो प्रकाशन यात्रा सुरु गरेको थियो ।

शुक्रवार दैनिकले चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, सचिव भूपेन्द्र खत्री, पत्रकार महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका दैनिकका सम्पादक ललित बसेल, पूर्व सभापति मोतिलाल पौडेल, महासंघका उपाध्यक्ष सुदीप पुरी, सचिव ललित बुढा, सहसचिव टेकेन्द्र विश्वकर्मा, प्रेस युनियनका सचिव मधुवन विसी, युनियनका निवर्तमान अध्यक्षसमेत रहेका दैनिकका प्रकाशक नरेशसिंह थापा, युनियनका पूर्व सचिव गणेशकुमार कार्की, दैनिकका पूर्व कार्यकारी सम्पादक कमल पन्त, महासंघ प्रदेश परिषद सदस्य सिर्जना बुढाथोकी, व्यवस्थापक रितु ठकुरीको उपस्थिति रहेको थियो ।


पछाडि पारिएका समुदायको र आवाजविहीनहरुको आवाजलाई उजागर गर्न तथा जिल्लाको विकास निर्माणमा खबरदारी गर्ने काममा सुर्खेतपत्र दैनिकले थप सशक्त आवाज उठाउने दैनिकका प्रकाशक नरेशसिंह थापाले बताए । उनले सवैको साथ र सहयोगले १० वर्षको यात्रा सफलतापूर्वक पार गर्न सहज भएको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे । सहभागीहरुले दैनिकको सफलताको शुभकामना व्यक्त गरेका थिए । कोभिड संक्रमण जोखिमका कारण बार्षिकोत्सवमा कुनै औपचारिक कार्यक्रम गरिएको थिएन ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap