१७ बैशाख २०८१, सोमबार

कर्णालीमा रगत आपूर्ति अझै असहज, १५ प्रतिशत रगत बिरामीका आफन्तले खोज्नुपर्ने

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कर्णालीमा रगत आपूर्ति अझै असहज, १५ प्रतिशत रगत बिरामीका आफन्तले खोज्नुपर्ने
0 Shares

सुर्खेत ।

जीवनदानका लागि अति आवश्यक मानिएको रगतको आपूर्ति अझैपनि असहज छ । रक्त संचार केन्द्रमा संकलन गरिएका रगत अपुग भएपछि सुर्खेतसहित कर्णाली प्रदेशमा विरामीका आफन्तहरुले रक्तदाताहरु खोज्दै हिँड्नुपर्ने बाध्यता छ ।


रेडक्रस सुर्खेतको तथ्यांक अनुसार १५ प्रतिशत रगत विरामीका आफन्तहरुले खोज्दै हिंड्नुपर्ने अवस्था छ । रेडक्रस सुर्खेतका बरिष्ठ अधिकृत गोविन्द आचार्यले स्वयंसेवी रक्तदाता, रक्तदान शिविरबाट करिव ८५ प्रतिशत रगत आपूर्ति हुन सकेको बताए । उनले अझै पनि करिव १५ प्रतिशत रगत विरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने अवस्था रहेको उल्लेख गरे । गत आर्थिक वर्ष विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा ४६ वटा रक्तदान शिविर संचालन भएको थियो । जसमा एक हजार ९६९ पिन्टर रगत संकलन भएको थियो । १८ सय बढी पिन्ट खपत भएको थियो ।
करिव दुई हजार पिन्ट रगत संकलन भएपनि विरामीका लागि अझै अपुग छ । वर्षेनी रगतको खपत पनि बढ्दैछ । अस्पतालमा विरामीहरुको पहुँच बढ्दै जानु, अस्पतालमा नयाँ र जटिल किसिमका शल्यक्रियाको सुरुवात हुनुले रगतको माग बढेको छ । रेडक्रसका बरिष्ठ अधिकृत आचार्यले रगतको माग बढ्दै जाँदा आपूर्ति सह जबनेको बताए ।
छैन भण्डारण
सुर्खेतमा रगतको माग बढ्दै गएपनि रगत भण्डारणको व्यवस्था हुन सकेको छैन । रक्त संचार केन्द्रको स्तरोन्नति हुन नसक्दा भण्डारण क्षमता पनि बृद्धि हुन सकेको छैन । जिल्ला अस्पताल, क्षेत्रीय अस्पता हुँदै अहिले प्रदेश अस्पताल नामाकरण भए पनि रक्त संचार केन्द्रलाई एउटै कोठाबाट काम चलाइएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले बताए । उनले प्रदेशकै सवैभन्दा ठूलो अस्पताल भएकोले रक्तसंचार केन्द्रलाई कि जग्गा उपलव्ध गराउनुपर्ने कि सुविधासम्पन्न कोठा दिइनुपर्ने उल्लेख गरे । स्थान अभावका कारण रगत भण्डारण पनि गर्न नसकिएको उनको भनाइ छ ।
व्लड बैंक प्राथमिकताविहीन
कर्णाली प्रदेशमा व्लड बैंक प्रदेश सरकारको प्राथमिकतामा पर्न सकेको छैन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यसका लागि कुनै रकम पनि छुट्याएको छैन । मन्त्रालयका महाशाखा प्रमुख बृषबहादुर शाहीले व्लड बैंका लागि कुनै रकम नछुट्याएको बताए । यद्यपि कोभिड रोकथामको बजेटबाट रकमान्तर गर्न सकिने उनको भनाइ छ ।
दुर्गममा सेना प्रहरीकै भर
कर्णाली प्रदेशको सवैभन्दा सुगम मानिने सुर्खेतमा व्लड बैंक स्थापना हुन नसकेपनि रक्त संचार केन्द्रले रगत आपूर्ति गराइरहँदा अन्य जिल्लाहरुमा भने सेना र प्रहरीले रगत दिएर विरामीको ज्यान बचाउने गरेका छन् । अझ विशेषगरी अत्यधिक रक्तस्राव भएका सुत्केरीहरुलाई सेना र प्रहरीले रगत दिएर बचाएका छन् । सुर्खेत बाहेक अन्य जिल्लामा रक्त आपूर्ति पनि कठिन छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap