२६ बैशाख २०८१, बुधबार

मौलिक गीतमा अब्बल शिव

कर्णाली कला / साहित्य / खेलकुद प्रदेश मुख्य समाचार समाचार
मौलिक गीतमा अब्बल शिव
0 Shares

सुर्खेत ।

बिहे, ब्रतवन्ध, पास्नी तथा बनभोजमा बजाइने नाच्ने खालका गीतहरुमा एउटैको आवाज हुन्छ, सुर्खेतका शिव संगीत । हातमा बाला होस् या फूल फूल्यो बाँमरी होस्, घर कहाँ हो नानीको अथवा हावा चल्यो…, यस्ता गीतमा उनै शिवको आवाजले बिहे, ब्रतवन्ध तथा बनभोजलाई रमाइलो वातावरण बनाउँछ ।


सुर्खेतमा जन्मिएका शिवको कर्मथलो अहिले काठमाडौं बनेको छ । काठमाडौंमा विभिन्न गीतमा स्वर दिन व्यस्त शिवलाई खाँट्टी मौलिक तथा झ्याउरे गीतमा सम्झने गरिन्छ । हुन पनि उनको स्वर नै नचाउने खालको छ । त्यसैले त उनको स्वरलाई खोजी खोजी राखिन्छ । २०६७ सालदेखि हातमा बाला गीतबाट उनी व्यावसायिक रुपमा स्वर दिन थालेका हुन् । त्यसभन्दा अगाडि २०५५ सालमा नौ वर्षको हुँदा बालगीत प्रतियोगिष्तामा नेपाल तृतीय भएका उनी २०६१ सालमा लोकगीत प्रतियोगितामा नेपाल प्रथम भए । २०६७ सालदेखि उनी पछाडि फर्केर हेर्नु परेन । मौलिक गीत गाएर उनी थुप्रै पटक जिल्ला हुँदै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्टि अवार्डसमेत हात पारिसकेका छन् ।

हालसम्म एक सय वटा गीत उनले गाइसकेका छन् । त्यसमा धेरैजसो मौलिकलगायत झ्याउरे छन् । उनकै आवाजले सवैलाई नचाएको छ । कोरोनाले कलाकारहरुको व्यावसायिक जीवनमा समेत धेरै असर पारेको उनी बताउँछन् । देशका विभिन्न ठाउँमा हुने मेला, महोत्सवले कलाकारहरुको अरिरिक्त आम्दानी बढाएको थियो । तर कोरोना कहरले त्यो आम्दानी सवै बन्द गराइदिएको छ । गीत गाएवापत प्राप्त हुने आम्दानीमै खुम्चनु परेको उनको भनाइ छ । कोरोना अघि सिजनामा कम्तीमा १५ वटा मेला महोत्सवमा जाने गरेको स्मरण गर्दै उनी अहिले भने स्टुडियोमा सीमित हुनुपरेको बताउँछन् ।
तीज नजिकिँदो छ । प्रत्येक वर्ष तीजको बेला केही तडकभडक खालका गीतहरु आउने गर्दछन् । त्यस्ता गीतलाई शिवले खहरे खोलाको संज्ञा दिन्छन् । तीजलाई छाडा गीतले असर पारिरहेको भन्दै बास्तविक मौलिक लोकगीतहरु ओझेलमा पर्न लागेकोमा उनलाई चिन्ता छ । पैसा भएपछि जस्तो गीत पनि भइहाल्छ भन्ने मानसिकताले अहिले सवैलाई गाँजेको उनको भनाइ छ ।
उनले लोकगीतमा सेन्सर आवश्यक रहेको बताउँछन् । कस्ता गीतलाई बजारमा ल्याउने, कस्तालाई नल्याउने भन्ने जाँच्नका लागि सेन्सर गर्न आवश्यक रहेको उनले बताए ।


अन्य कलाकारले शिवलाई फास्ट विटका गीत गाउनका लागि सम्झने गर्दछन् । सिंगारु, झ्याउरे र चाडवाड लक्षित गीतमा स्वर मिल्ने भएर नै होला सवैले आफूलाई सम्झने गरेको उनको ठम्याई छ । साविकको मध्यपश्चिम क्षेत्र सिंगारु, झ्याउरे गीतमा प्रसिद्ध छ । यही क्षेत्र भएका कारण अन्य कलाकारले शिवको स्वर लिने गरेका छन् । आगामी दिनमा पनि उनले आफूलाई मौलिक गीतमै सक्रिय बनाउने लक्ष्य लिएको बताउँछन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap