२ जेष्ठ २०८१, बुधबार

मृतक मजदुर परिवारलाई ५ लाख सहयोग

कर्णाली प्रदेश समाचार
मृतक मजदुर परिवारलाई ५ लाख सहयोग
0 Shares

सुर्खेत ।
सुर्खेत निर्माण मजदुर एकता केन्द्रले निर्माणका क्रममा मृत्यु भएका मजदुर परिवारलाई नगद ५ लाख सहयोग प्रदान गरेको छ । गत माघ २९ गते घर निर्माणमा संलग्न रहेका बेला चिंगाड गाउँपालिका वडा नं. १ का २६ वर्षीय लालबहादुर पुनको मृत्यु भएपछि केन्द्रले गरेको विमा वापतको नगद ५ लाख सोमवार पुन परिवारलाई प्रदान गरेको हो ।

केन्द्रका अध्यक्ष प्रेमबहादुर सार्की, सचिव गंगाराम सुनार, कोषाध्यक्ष हिरासिंह ठाडामगरले स्वर्गीय पुनका बुवा टेकबहादुर पुन र श्रीमती लिला पुनलाई सो रकम प्रदान गरेका हुन् । केन्द्रले आफ्नै पहलमा मजदुरको जीवन विमा गरिदिएको थियो । संरचना निर्माणमा मजदुरहरुको दुर्घटनामा परी मृत्यु भएमा वा घाइते भएमा उनीहरुको परिवारलाई राहत पुगोस् भनेर विमा गरिदिएको र पुन परिवारलाई सो वापतको रकम प्रदान गरिएको अध्यक्ष प्रेमबहादुर सार्कीले बताए । उनका अनुसार सुर्खेतमा केन्द्रमा आवद्ध करिव एक हजार निर्माण मजदुर आवद्ध छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap