२० बैशाख २०८१, बिहीबार

निषेधाज्ञामा कडाई, उल्लंघन गर्ने ७ जना पक्राउ

कर्णाली प्रदेश मुख्य समाचार समाचार
निषेधाज्ञामा कडाई, उल्लंघन गर्ने ७ जना पक्राउ
0 Shares

सुर्खेत ।
वैशाख १४ गते रातीदेखि सुर्खेतमा निषेधाज्ञाको क्रममा बुधवारदेखि कडाई गरिएको छ । त्यसअघि निषेधाज्ञा फितलो भएको चौतर्फी गुनासो आएपछि बुधवार विहानदेखि निषेधाज्ञामा कडाई गरिएको हो ।

सवै तस्बिहरू ः मिलन श्रेष्ठ

प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको सुरक्षा निकायको टोली बीरेन्द्रनगर बजारका मुख्य चोकहरुमा आफै खटिएपछि निषेधाज्ञामा कडाई भएको हो । मास्क नलगाइने हिंड्ने, अनावश्यक रुपमा आवतजावत गर्ने, जथाभावी चलाइएका मोटरसाइकल, अटोलगायतका सवारी साधनहरुलाई पनि चोकचोकमा रोकेर राखिएको छ । प्रशासनले बारम्बार अनावश्यक हिंडडुल नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि कडाई गर्नुपरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पहिलो हप्ताको तुलनामा बुधवारदेखि निषेधाज्ञा कडाई गरिएको बताउनुभयाे । उहाँले प्रशासनले मंगलवार प्रकाशित गरेको सूचना अनुसार पालना गर्न सवै पक्षसँग आग्रह गर्दै कोरोना संक्रमणको जोखिम बढेका बेला सजग हुन सुझाव दिनुभयाे ।

यसैवीच निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ६ बसपार्ककाे एक स्नुकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी एवमा रामप्रसाद घर्तीले बताए ।
उनका अनुसार घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खानलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दैनिक रुपमा मास्क नलगाउनेहरुलाई मास्क लगाउन, अनावश्यक रुपमा हिंडडुल नगर्न भनिरहेको छ । जथाभावी हिंड्नेहरुलाई जरिवानासमेत काटेको छ । तर सर्वसाधारणहरु अटेरी गर्दा निषेधाज्ञा फितलो भएको थियो । यस्तै प्रशासनले अत्यावश्यकीय पसल बाहेक अन्य सवै बन्द गर्न पनि आग्रह गरेको छ । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महिनासम्म कैद वा एक सय रुपियाँ जरिवाना वा दुवै सजाय र आदेशको कार्यान्वयनमा बाधा अवरोध पु¥याउनेलाई छ महिनासम्म कैद वा ६ सय रुपियाँ जरिवाना वा दुवै सजाय हुने जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap