४ जेष्ठ २०८१, शुक्रबार

जुम्लाका आगलागी पीडितलाई युवा संघको राहत

कर्णाली प्रदेश मुख्य समाचार समाचार
जुम्लाका आगलागी पीडितलाई युवा संघको राहत
0 Shares

सुर्खेत ।

गत चैत २१ गते जुम्लाको तिला गाउँपालिका—९ ढिपु र पोख्रेका करिव ६५ घर परिवारलाई एमाले निकट युवा संघले राहत उपलव्ध गराएको छ । विहीवार सुर्खेतमा एक कार्यक्रम गरी करिव पाँच लाख मूल्य बराबरको खाद्यान्न, तेल, दाल, भाँडाकुडालगायतको राहत उपलव्ध गराएको हो ।

युवा संघ सुर्खेतका अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य कमल खड्का जुनीको पहलमा संकलन गरिएको राहत संघका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र महतलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष खड्काले जुम्लाका आगलागी पीडितलाई थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले सुर्खेत र दैलेखमा संकलन गरी हस्तान्तरण गरिएको बताए । उनले बास्तविक पीडितलाई उक्त राहत दिन आग्रह गरे ।
संघका केन्द्रीय उपाध्यक्ष महतले सम्बन्धित स्थलमै पुगी बास्तविक पीडितकै हातमा राहत सामग्री वितरण गरिने प्रतिवद्धता जनाए । सुर्खेतका अध्यक्ष खड्काले ३५ हजार मूल्य बरारको प्रेसर कुकर, युवा संघ केन्द्रीय सचिवालय सदस्य विनोदसिंह विष्ठडले ३० बोरा चामल, केन्द्रीय सदस्य टेकराज आचार्यले १० बोरा चामल, केन्द्रीय सदस्इ बासु आचार्य र याम भट्टराईले १० बोरा चामल, केन्द्रीय सदस्य गणेश खनाल, किरण सापकोटा, ज्ञानु विसुन्केले २० हजार मूल्य बराबरको चामल र कपडा, मदन भण्डारी फाउण्डेशन अध्यक्ष सुरज थापाले १० बोरा चामल, धनिराम आचार्य र जीवन अधिकारीले २० बोरा चामल, सचिवालय सदस्य राजु खड्काले १५ हजार मूल्य बराबरको तेल, केन्द्रीय सदस्य खगेन्द्र शाहीले १० बोरा दाल र विनोद बुढाले दुई रोल पि फर्म सहयोग गरेका छन् ।
गत चैत २१ गते ढिपुमा आगलागी हुँदा २९ घर पूर्ण रुपमा र १६ घर आंशिकरुपमा क्षतिग्रस्तु भएका छन्भने पोख्रेमा २० घरमा क्षति भएको बताइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap