४ जेष्ठ २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

कर्णाली प्रदेश मुख्य समाचार समाचार
नेपाल पत्रकार महासंघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण
0 Shares

सुर्खेत ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एक कार्यक्रम गरी निर्वाचन समितिका संयोजक कमलेश डीसीले पदाधिकारी, सदस्य, प्रदेश तथा राष्ट्रिय परिषद सदस्यहरुको सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा संयोजक डीसीले जिल्ला समितिमा अध्यक्षसहित केही पद निर्विरोध र केही पदमा निर्वाचन भएपनि शान्तिपूर्णरुपमा जिल्ला समिति चयन भएकोमा खुशी व्यक्त गर्दै जिल्लाको पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सुझाव दिए । कार्यक्रममा पूर्व सभापतिहरु चिरन्जीवि अर्याल, पीताम्बर ढकाल, कमलेश डीसी, मोतीलाल पौडेल, दुर्गा थापा र निवर्तमान अध्यक्ष गणेशकञ्चन भारतीका साथै केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल र नवनिर्वाचित प्रदेश अध्यक्ष देवीराम देवकोटा लगाएको उपस्थिति थियो । सवैले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । यसैगरी निवर्तमान अध्यक्ष गणेशकञ्चन भारतीले नवनिर्वाचित अध्यक्ष ललित बसेललाई माइन्युटसमेत हस्तान्तरण गर्नुभएको छ ।
निर्वाचनबाट जिल्ला शाखामा अध्यक्ष ललित बसेल, खुला उपाध्यक्ष सुदीप पुरी, महिला उपाध्यक्ष सविता जिसी, सचिव ललित बुढा, सहसचिव ईश्वर अधिकारी, समावेशी सहसचिव टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्ष ललित गाहा निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा पुनम विसी, पूर्णबहादुर खड्का, टेकराज केसी, सुशील खड्का, युवराज पंगाली, यज्ञ खत्री, विवश सेजुवाल, विनोद लम्सालका साथै महिला सदस्य करिश्मा चौधरी, जनजाति सदस्य कल्पना ढेंगा मगर र दलित सदस्यमा लालसिंह मिजार पनि निर्वाचित हुनुभएको छ ।
सात अध्यक्ष एकै ठाउँमा

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका हालसम्म अध्यक्षहरु एकैपटक एकै ठाउँमा जम्मा भएका छन् । महासंघको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा उनीहरु एकै पटक जम्मा भएका हुन् । २०४९ सालमा स्थापना भएको सुर्खेत शाखाको संस्थापक सभापति चिरन्जीवि अर्यालदेखि निवर्तमान अध्यक्ष गणेशकञ्चन भारती शुक्रवार एकै ठाउँमा जम्मा हुनुभएको छ ।
अर्याल २०४९ देखि २०५३ सालसम्म सभापति हुनुभएको थियो । त्यसपछि पीताम्बर ढकाल (२०५३ देखि २०५५), कमलेश डीसी (२०५५ देखि २०६१ दुई पटक), मोतीलाल पौडेल (२०६१ देखि २०६४ सम्म), श्रीधर पौड्याल २०६४ देखि २०६७ सम्म), दुर्गा थापा (२०६७ देखि २०७० सम्म) र गणेशकंचन भारती (२०७० देखि २०७७ दुई पटक)सम्म अध्यक्ष हुनुभएको थियो । सुर्खेत शाखाका अध्यक्षहरु धेरै लामो समयपछि एकै पटक जम्मा भएका हुन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap