७ जेष्ठ २०८१, सोमबार

दलित महिलालाई कानुनी साक्षरता

कर्णाली प्रदेश समाचार
दलित महिलालाई कानुनी साक्षरता
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई कानुनी साक्षरता तालिम दिइएको छ । बुध र बिहीवार दलित महिला संघको मानवअधिकार सुदृढिकरण परियोजनाबाट वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका १० समूहमा दलित महिलालाई कानुनी साक्षरता दिइएको हो ।

तालिममा मानवअधिकार, न्याय, संविधान, मुलुकी ऐन, लैंगिक समानतालगायत विभिन्न विषयको वारेमा जानकारी गराइएको थियो । अधिवक्ता गीता कोइराला, दलित महिला संघका अध्यक्ष मन्जु सुनार, संघका कार्यक्रम संयोजक सीता नेपालीले सहजीकरण गरेका थिए । तालिममा सहभागी दलित महिलाहरुले दलित महिलाको मानवअधिकार, कानुनका कुरा जान्न पाएकोमा खुशी व्यक्त गरेको संघका सचिव खगिसरा वलीले बताइन् । उनका अनुसार तालिममा २५ जना दलित महिला सहभागी थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap