७ जेष्ठ २०८१, सोमबार

न्यायिक कोष स्थापना

कर्णाली प्रदेश समाचार
न्यायिक कोष स्थापना
0 Shares

सुर्खेत ।

दलित महिलाहरुलाई न्यायमा सहज पहुँच गराउनका लागि समूह समूहमा न्यायिक कोष स्थापना गर्न लागिएको छ । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा संचालन गरेको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत गठन गरिएका समूहहरुमा न्यायिक कोष स्थापना गर्न लागिएको हो ।

वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा १०÷१० वटा समूहहरु गठन गरिएका छन् । ती समूहमा मासिक बचतका साथै न्यायिक कोषपनि स्थापना गर्न लागिएको छ । परियोजना संयोजक सीता नेपालीले प्रत्येक समूहमा प्रति सदस्य १० रुपियाँका दरले न्यायिक कोष स्थापना गरिने बताउनुभयो । उहाँका अनुसार कोषमा जम्मा भएको रकम न्यायमा पहुँच पु¥याउनका लागि दलित महिलालाई सहयोग गरिने छ । सवै समूहमा सो कोष स्थापना गरिनेछ ।
परियोजनावारे जानकारी दिदैं उहाँले दलित महिलाको मानवअधिकारको पक्षमा काम गर्न दलित महिलाका सवालहरु पहिचान गरी उजागर तथा समस्या निराकरण गर्न सामुदायिक कार्यगत संजालसमेत गठन गरिएको बताउनुभयो । वीरेन्द्रनगरमा ३ वटा र भेरीगंगा नगरपालिकामा दुई वटा संजाल गठन गरिएको छ । दलित महिला संघका सचिव खगिसरा वलीले संजालले दलित महिलाको अधिकार, न्यायका लागि पहल गर्न संजाल गठन गरिएको बताउनुभयो । उहाँले संजालले न्याय लिन जाने दलित महिलालाई सहयोग गर्ने, न्यायमा पहुँच पु¥याउन सहजीकरण गर्ने, राज्यका सवै निकायमा दलित महिलाको सहभागिता गराउन पहल गर्ने, दलित महिलालाई सशक्तिरण गर्ने जानकारी दिनुभयो ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले परियोजनाले दलित महिलाको मानवअधिकार सुदृढ बनाउन पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित महिलाका सवाललाई साझा रुपमा लिएर समाधानका लागि पहल पैरवी गर्न आव्हान गर्नुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap