४ जेष्ठ २०८१, शुक्रबार

आठ वर्षदेखि रानीघाट भेरी पुल अलपत्र

कर्णाली प्रदेश मुख्य समाचार समाचार
आठ वर्षदेखि रानीघाट भेरी पुल अलपत्र
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेश जोड्ने सवैभन्दा छोटो दुरीको भेरी नदीमाथिको रानीघाट पुल विगत आठ वर्षदेखि अलपत्र छ । २०६९ सालदेखि निर्माण थालिएको सो पुलको काम अहिलेसम्म दुईटा पिल्लरमात्रै ठडिएको छ । सुर्खेतदेखि बर्दिया जोड्ने सवैभन्दा छोटो दुरीको ५२ किमी सडकमा उक्त पुल अलपत्र हुँदा सडकको अवस्था पनि उस्तै छ ।

२०६९ असार २९ मा पुलको निर्माण सम्झौतामा पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी पाएको थियो । निर्माण कार्य जिम्मा पाएको तीन वर्षमा सो पुल बनाइसक्नुपर्ने थियो । तर, आठ वर्ष वितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । सो पुलका लागि निर्माण कम्पनीले १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले सो पुलको काम २०७२ असार मसान्तमा सक्नु पर्ने थियो । पुलको ओपन फाउण्डेशन सकिसकेको छभने, विचको र रानीघाट तर्फको ओयल पिलर करिव आधा–आधा भएको छ । निर्माण व्यवसायीले पिलरको पिँधमा चट्टान हुँदा ढिलाई भएको र यसको डिजाइन नै बदल्नु पर्ने बताउँदै आएको छ ।
यसैवीच आठ वर्षदेखि पुल अलपत्र बनेपछि सुर्खेतको बराहताल गाउँपालिका—१, २, ३ का बासिन्दाहरुले पुल निर्माणको काम छिटो थाल्न ज्ञापनपत्र बुझाएका छन् । विहीवार उनीहरुले सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा एक महिनाभित्र पुल निर्माणको काम सुरु गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
बराहताल गाउँपालिका—२ रानीघाटका स्थानीय बासिन्दा गगन वलीले पुल बन्न लागेको लामो समय भइसक्दा पनि पूरा नभएपछि छिटो बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको बताउनुभयो । उहाँले पुल नबन्दा सुर्खेतदेखि बर्दिया जोड्ने सडकको काम पनि अलपत्र भएको भन्दै एक महिनाभित्र पुलको काम थाल्न आग्रह गर्नुभयो । पुल नबन्दा सदरमुकाम वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुँगे पुल खोज्न दुई घन्टाको बाटो हिंड्नुपर्ने उहाँको भनाइ छ ।
यता सडक डिभिजन कार्यालय सुर्खेतले आठ वर्षदेखि अलपत्र सो पुलको काम यसै वर्षदेखि सुरु गर्ने तयारी भइरहेको जनाएको छ । कार्यालयका इन्जिनियर तुलाराम शर्माले निर्माण कम्पनीलाई नयाँ डिजाइन ल्याउन भनिसकेकोले डिजाइन ल्याउनासाथ सोही अनुसार पुलको काम सुरु हुने बताउनुभयो । उहाँका अनुसार नयाँ डिजाइन आउनाथ पुल निर्माणको काम यसै वर्षबाट सुरु हुनेछ ।
पुल निर्माण सम्पन्न भए सुर्खेतदेखि लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशपनि जोडिनेछ । सुर्खेत—बर्दिया सडक यही पुल नबन्दा स्तरोन्नति हुन सकेको छैन । अहिले सुर्खेतदेखि बर्दिया जान कोहलपुर हुँदै जानुपर्ने बाध्यता छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap